काठमाडौं, २२ असार । दुई पटकको विश्वकप विजेता उरूग्वे फ्रान्ससँग २-० ले निराश भएको छ। रसियामा सम्पन्न भएको खेलमा उरूग्वेलाई पराजित गरेसँगै सेमिफाइनल पुगेको छ भने हारसँगै उरूग्वेको यस संस्करणको विश्वकप यात्रा सकिएको छ।
उरूग्वे आज आफ्ना स्टार खेलाडी कभानी बिनै मैदानमा उत्रिएको थियो। आजको खेलमा फ्रान्सले उरूग्वेविरूद्ध पहिलो अग्रता खेलको पहिलो हाफमा लिएको थियो। खेलको ४० औं मिनेटमा राफेल भारानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।
फ्रिकिकबाट आएको बललाई राफेलले जाली चुमाउँदै फ्रान्सलाई अग्रता दिलाएका हुन्। लुकास हेर्नानडेजले नान्देजलाई फल गरेपछि फ्रान्सले फ्रिकिकको अवसर पाएको थियो।
पहिलो हाफमा एक गोलले अगाडी रहेको फ्रान्सले दोश्रो हाफमा आफ्नो अग्रतालाई दोब्बर पार्यो। उरूग्वेका गोल रक्षक फरनान्डो मुलसेराको विर्सनलायक गल्तीले गर्दा सो गोल खान पुगेको थियो।
फ्रान्सका ग्रिजम्यानले डिवक्सबाहिरबाट प्रहार गरेको बल मुलसेराले हल्का ढंगले लिन खोज्दा उनको हातमा डिफ्लेक्सट हुँदै पोस्टमा छिरेको थियो।
जारी विश्वकपभरी १ गोल खाएका मुलसेराले घर फर्किनुअघि एक घण्टाको समयमा २ गोल खान पुगे। सन् १९९८ को विश्वकप विजेता फ्रान्स १२ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो।
फ्रान्सले अब फाइनल प्रवेशका लागि बेल्जियम र ब्राजिलबीचको खेलको विजेतासँग खेल्नेछ। एजेन्सीको सहयोगमा