Logo

गोविन्द केसीका धेरै माग पूरा भैसकेका छन, बाँकी पनि पुरा गर्नुपर्छ : पूर्व सचिव श्रेष्ठ



काठमाडौं, २३ असार । नेपाल सरकारका पूर्व शिक्षा/स्वास्थ्य सचिव शान्ता बहादुर श्रेष्ठले अनशनरत डाक्टर केसीले उठाएका धेरै माँगहरु लागु भैसकेको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको लागि माँगहरु राखेर धेरै पटक अनशन बस्नुभएको छ, म उहाँको अनशन बस्ने हिम्मतको पनि सम्मान गर्छु, म पनि वार्तामा धेरै पटक बसेको छु, उहाँले उठाएका धेरै माँगहरु पूरा भैसकेका पनि छ।’

यो पनि पढ्नुहोस

गोविन्द केसी बचाउन सरकारविरुद्ध अन्तिम हतियार प्रयोग गर्छौं : अध्यक्ष श्रेष्ठ

गोविन्द केसीका धेरै माग पूरा भैसकेका छन, बाँकी पनि पुरा गर्नुपर्छ : पूर्व सचिव श्रेष्ठ

गोविन्द केसीसँग गरेका सम्झौता पालना गर्नका लागि सरकार नैतिकवान हुनुपर्छ : कर्ण

गोविन्द केसीमाथि सुन्दरमणि दीक्षितको आरोप–आफूचाँही जुन बेला पनि सुतेर मात्रै बस्ने ?

केसीले उठाएका गुणस्तरीय र गरिब जनताको पहुँचमा स्वास्थ्य शिक्षा पुर्याउनुपर्छ भन्ने माँग जायज रहेको श्रेष्ठको भनाई छ । उनले भने,‘उदारीकरणको नाममा पछिल्लो समय शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भएको छ, यो दुःखलाग्दो कुरा हो, त्यहाँभित्र भएका विकृति तथा विसंगतीहरु डाक्६र केसीले बाहिर ल्याउने काम गर्नुभएको छ, त्यसैले उहाँका जायज माँगहरु सरकारले सम्बोधन गर्न ध्यान दिनुपर्छ।’
सरकारले स्वास्थय शिक्षमा आम जनताको हितमा हुनेगरि निर्णय गर्नुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्