Logo

बालकको स्वास्थ्य उपचारका लागि एक लाख ३१ हजार सहयोग प्रदान (फोटोफिचर)



काठमाडौं, २५ असार । अर्घाखाँची भूमिकास्थान वडा नम्बर १ का स्थानीय ६ वर्षीया बालक विशेष बेल्वासेको स्वास्थ्य उपचारको लागि १ लाख ३१ हजार एकसय रुपैयाँ प्रदान गरिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा अर्घाखाँचीकै छत्रदेव गाउँपालिकाका समाजसेवी सचिन पाण्डे, शिवदेव पाण्डे र क्लबका अध्यक्ष ऋषि धमलाले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन ।

जिंक थेरापीको कमीबाट बिग्रीँदो स्वास्थ्य स्थितिमा पुगेका बालक विषेशको बारेमा अनलानईमा समाचार देखेर सचिन पाण्डेले ‘विशेष बचाउ’ अभियान सूरु गरेका थिए ।

असार ५ गतेबाट सूरु गरिएको ‘विषेश बचाउ’ अभियानमा देश तथा बिदेशमा रहेका नेपालीहरु संलग्न भएको र सक्दो सहयोग गरेको सचिन पाण्डेले जनाए ।

उनले भने,‘मैले त्यो समाचार पढें र यी बाबुलाई बचाउनुपर्छ, भविष्यका कर्णधार यीनै हुन, असहजता र आपतको बेलामा सहयोग गर्नुपर्छ भन्ने भावनाले सामाजिक सञ्जालमा त्यो कुरा राखेपछि अर्घाखाँचीकै एकजना दिदी सुशिला बस्यालले ५० हजार उपलब्ध गराउनुभयो, त्यस्तै सहयोगी मनहरुले गर्दा सानो सहयोग जम्मा गरेका छौं, आगामी दिनहरुमा यी बाबुको उपचारमा साथ दिनेछौं, र सहयोगी मनहरुलाई यस्तो दुःखमा जिन्दगी बिताईरहेका पीडितहरुलाई साथ सहयोग गर्न आग्रह गर्दछु ।’

बालक विशेषका बाबा खिमानन्द बेल्वासे दुवै मृगौला फेल भएर बाँचिरहेका छन् । आमा बिमला बेल्बासे छोरा र श्रीमान्लाई बचाउनको लागि भौतारीरहेकी छिन् ।

सहयोगी मनहरुले विशेष बेलबासेको नाममा रहेको कृषि बिकास बैंक भक्तपुरको खाता नम्बर ०२१२१०१२३४०२९०२२ मा सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ । ९८४७९२६७३६ मा सम्पर्क समेत गर्न सकिने छ ।



प्रतिक्रिया दिनुहोस्