Logo

सरकार लोकतन्त्र पक्षधरलाई तर्साएर फाँसीवादतर्फ उन्मुख छ : पौडेल



काठमाडौँ, २५ असार / काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अहिलेसम्म काँग्रेसको विकल्प नभएको र आगामी दिनमा आउन सक्नेतर्फ सचेत रहन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

आज काँग्रेसका पुराना नेताहरुसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले  यस्तो बताउनुभएको हो । काँग्रेसमा स्थापनाकालदेखि नै गुट रहेको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयो, “गुटलाई व्यवस्थापन गर्नुपर्छ ।”

पार्टीमा निष्पक्ष न्याय र मूल्यांकनको व्यवस्था गर्न आवश्यक रहेको बताउँदै उहाँले पार्टीमा सुधारका लागि आत्मचिन्तन गर्नुपर्ने बताउनुभयो ।

वर्तमान सरकार कर्मचारी र लोकतन्त्र पक्षधरलाई तर्साएर सामाजिक फाँसीवादतर्फ उन्मुख रहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले मुलुक र लोकतन्त्र बचाउन पनि काँग्रेस बलियो हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

 



प्रतिक्रिया दिनुहोस्