Logo

डाक्टर गोविन्द केसीबारे बोल्दा पत्रकार धमलालाई फसाद (भिडियोसहित)



काठमाडौं, २५ असार । अनशनरत डाक्टर गोविन्द केसीले उठाएका मागहरुका बारेमा धमलाको हमलामा चर्काचर्की परेको छ ।

आईतबार राति ८ः०५ बजे हिमालय टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षित, अधिवक्ता ओमप्रकाश अर्याल र काठमाडौं नेश्नल मेडिकल कलेजका प्रबन्धक निर्देशक बसुरिद्दिन अन्सारीबीच चर्काचर्की परेको छ ।

अन्सारीले केसीका जायज माँगहरु सम्बोधन गर्नुपर्ने बताए । नाजायज मागहरु सम्बोधन गर्न नहुने उनको भनाई थियो । काठमाडौंमा मेडिकल कलेज किन चाहिँदैन भन्ने उनको प्रश्न थियो ।

काठमाडौंमा मात्रै नभएर विराटनगर र झापा लगायतका क्षेत्रमा पनि मेडिकल कलेज खोल्न नदिएकोमा उनको आपत्ति छ ।

नेपालमा रहेको जतिपनि ठूला डाक्टरहरु काठमाडौंमै बसिरहेको उनको गुनासो छ । उनले भने,‘खाली भन्दाखेरि जुम्ला र हुम्लामा मात्रै खोल्नुपर्छ भन्ने तर डाक्टरहरु काठमाडौं छोडेर नजाने किन ?’

अधिवक्ता अर्यालले भने,‘डाक्टर केसीसँग भएको सहमति र माथेमा आयोगको प्रतिवेदन (यदि माथेमा आयोगलाई चूनौति दिने अर्को कुनै प्रतिवेदन छ भने प्रतिवेदनले प्रतिवेदन काट्न सक्ने भयो तर धेरै मेहनत गरेर विज्ञहरुले तयार पारेको प्रतिवेदन कार्यान्वयन गराउन डाक्टर केसीले माँग गर्नुभएको हो । ’

नागरिक समाजका अगुवा डा. दिक्षितले गोविन्द केसीका सबै मागप्रति आफ्नो सहमति नरहेको जिकिर गरे । दिक्षितले भने,‘आयोगले ल्याएको प्रतिवेदन हुबहु पारित हुँदैन, यदि त्यसो गर्ने हो चुनाव किन पर्र्यो ?’

 



प्रतिक्रिया दिनुहोस्