Logo

नारायणगढ–मुग्लिन सडकखण्डमा आज पनि पहिरो खस्यो, यात्रु अलपत्र



असार २६, काठमाण्डौ । दैनिक हजारौँ संख्यामा सवारी साधन अवतजावत गर्ने नारायणगढ–मुग्लिन सडकखण्डमा हरेक वर्षायाममा समस्या देखिने गरेको छ ।

यस वर्ष सडक मर्मतकार्य सकिएपछि सहज हुने आशा गरिए पनि पहिरोका कारण हरेक दिन सडक जाम हुने गरेको छ ।

आज पनि वर्षासँग झरेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बिहान पौने चार बजे घुमाउनेमा ठूलो पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

सो स्थानमा पानी परिरहेको कारण अहिले पहिरो पन्छाउने समेत समस्या देखिएको छ ।

घुमाउनेको अलवा जलविरे, तोपेखोला लगायतका केही स्थानमा पनि सानासाना पहिरो खसेर सडकमा थुप्रिएको छ ।

सडक अवरुद्ध हुँदा रात्रि यात्रामा रहेका यात्रुहरु बीच बाटोमा नै रोकिएका छन् ।



प्रतिक्रिया दिनुहोस्