Logo

डा. केसीको माग पूरा गर्नुपर्ने स्वतन्त्र मधेशी चिकित्सकहरुको जोड



असार २६, काठमाण्डौ । स्वतन्त्र मधेशी चिकित्सकहरुले डा. गोविन्द केसीको अनशन र उनले उठाएका मागलाई समर्थन गरेका छन ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र मधेशी चिकित्स अभियन्ता डा. हुलास अग्रवालले चिकित्सा क्षेत्रमा डा. केसीले उठाएका मागहरु जायज रहेको बताए ।

उनले भने,‘डा. केसी बाँच्नुपर्छ, चिकित्सा शिक्षा अध्यादेशलाई हुबहु विधेयकका रुपमा लयाउनुपर्ने डा. केसीको माग जायज छ । हामी उहाँले अघि सारेका मागहरुमा पूर्ण समर्थन जनाउछौं ।’

त्यसैगरि अर्का मधेशी चिकित्सक रबिन बस्नेतले डा. केसीको मागको सर्मथन गर्दै चिकित्सा क्षेत्रलाई व्यवसायमूलक नभई सेवामूलक बनाउनुपर्ने बताए ।

उनले भने,‘चिकित्सा क्षेत्रमा भएको व्यापारीकरण हट्नुपर्छ, चिकित्सा क्षेत्रमा राजनीतिको खेल भैरहेको अवस्थामा डा. केसीको मागलाई पूर्ण समर्थन गर्छौँ, डा. केसी बाँच्नुपर्छ र चिकित्सा क्षेत्र सेवामूलक हुनुपर्छ ।’

त्यसैगरि डा. पंकज प्रताप महरान, डा. पंकज शाह, डा. ओम शंकर शाह, डा. नविन शाह लगायत अन्य स्वतन्त्र मधेशी चिकित्सकहरुले चिकित्सा क्षेत्रमा डा. केसीले उठाएका मागहरु जायज भएको बताउँदै यस क्षेत्रलाई आम्दानीको थलो नबनाएर सेवामूखी बनाउनुपर्नेमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्