Logo

ग्राण्डी अस्पतालमा ‘’सातै दिन चौबिसै घण्टा’’ बिशेषज्ञ सहितको सम्पूर्ण बालरोग उपचार सेवा



काठमाडौं, २६ असार । राजधानीको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले बालरोग सम्पूर्ण उपचार सेवा उपलब्ध रहेको छ ।

जसअन्तर्गत सातै दिन चौबिसै घण्टा बालरोग बिशेषज्ञको उपलब्धता रहने पेडियाट्रिक इमरजेन्सी बाल आकस्मिक उपचार सेवा, अस्पताल भर्नागरी उपचार गर्नुपर्ने बालबालिकाका लागि समर्पित पेडियाट्रिक बार्ड ९समर्पित बाल उपचार कक्ष०, सघन उपचार आवश्यक भएका नबजात शिशुकालागि नबजात सघन उपचार केन्द्र ९नियोनेटल इन्टेन्सिभ केयर युनिट(एनआईसियु० र सघन उपचार आवश्यक भएका बालबालिकाकालागि बाल सघन उपचार केन्द्र ९पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट(पिआईसियु० को ब्यबस्था छ ।

पेडियाट्रक बिभागमा सिधा सम्पर्कका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको कल सेन्टरको हटलाईन नम्बर ०१( ५१५९२६६ मा अथवा मोवाइल नम्बर ९८०१२०२५५० मा सिधै कल गर्न सकिने छ।

त्यसैगरी सरुवारोगको संक्रमण भएका र सघन उपचार आबश्यक भएका बिरामीका लागि एन आइसियु र पिआइसियुमा अलग्गै आइसोलेसन कक्षको समेत ब्यवस्था रहेको छ ।

त्यसैगरी जनरल पेडियाट्रिक ओपिडी ( बाल बहिरङ्ग बिभाग अन्तर्गत बाल बालिकाहरुमा देखिने बिभिन्न किसिमका रोगहरुको पहिचान, निदान र उपचार गरीदै आएको छ । र यसकालागि पनि अस्पतालमा सातै दिन चौबिसै घण्टा बालरोग बिशेषज्ञहरुको उपलब्धता रहेको छ ।

नियोनेटल इन्टेन्सिभ केयर युनिट(एनआइसियु नबजात शिशु सघन उपचार केन्द्र अन्तर्गत नबजात शिशु तथा प्रिम्याचुअर ९समय अगाबै जन्मिएका शिशुहरुलाई सघन उपचार गरिन्छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको यस बिभागमा दक्ष तथा अनुभवि चिकित्सकहरुको टोलीले नवजात शिशुहरुको उपचार गर्दछ ।

त्यसैगरी पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट पिआइसियु, बाल सघन उपचार केन्द्र अन्तर्गत बालबालिकाहरुको सघन उपचार गरिन्छ ।

पेडियाट्रिक पल्मोनोलोजी, बाल स्वासप्रश्वास रोग उपचार अन्तर्गत बालबालिकामा देखिने दम र एलर्जी लगायतका स्वास प्रश्वास सम्बन्धि बिभिन्न रोगहरुको उपचार गरिन्छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको बालरोग बिभागमा उपलब्ध पेडियाट्रिक पल्मोनोलोजिष्टहरुले तथ्यमा आधारित उपचार पद्धतिद्वारा रोगको निरुपण, निदान र उपचार गर्नुहुन्छ ।

पेडियाट्रिक सर्जरी, बाल शल्यचिकित्सा अन्तर्गत बालबालिकाको सामान्य देखी जटिल प्रकृतिका सर्जरी सेवा उपलब्ध रहेको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका दक्ष तथा अनुभबि पेडियाट्रिक सर्जनहरुले आफ्नो सीप दक्षता र अनुभवको आधारमा धेरै जटिल सर्जरीहरु सफलतापुर्बक सम्पन्न गरिसक्नु भएको छ ।

पेडियाट्रिक कार्डियोलोजी ९बाल मुटुरोग उपचार० अन्तर्गत बालबालिकामा देखिने बिभिन्न मुटुरोगहरुको उपचार गरिन्छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको मुटुरोग बिभागमा उपलब्ध पेडियाट्रिक बाल मुटुरोग बिशेषज्ञले मुटु रोगको निरुपण, निदान र उपचार गर्नुहुन्छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा बाल समर्पित खोप केन्द्रको समेत ब्यबस्था छ । यस केन्द्रमा रहेको अलग्गै र समर्पित खोप यूनिटले नेपाल सरकारको राष्ट्रिय खोप नीति अनुसार निःशुल्क खोप कार्यक्रम संचालन गर्दछ र बालबालिकाको आवश्यकता अनुसार बिशेष किसिमका खोप सेवा समेत उपलब्ध छ ।

अस्पतालको नबजात शिशु परामर्श केन्द्र ९नियोनेटल केयर युनिट०स् ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको यस केन्द्रमा एकमहिना भन्दा कम उमेरका नबजात शिशुका आमा बाबु लाई सँगैराखेर बिशेषज्ञहरुद्वारा परामर्श दिइन्छ । नबजात शिशुको स्याहार तथा हेरबिचार सँगै स्तनपान र एक महिनाको अबधिमा सामना गर्नुपर्ने संभाबित चुनौतीहरु र त्यसलाई समाधानगर्ने बिषयमा समेत जानकारी गराइन्छ । आबश्यकता अनुसार कुनैपनि बेला बिशेषज्ञसँग परामर्श गर्न सक्नेगरी हटलाइन टेलिफोनको समेत ब्यवस्था रहेको छ ।

त्यसैगरी हेल्दी बेबि क्लिनिक ९बाल स्वास्थ्य परिक्षण सेवा० अन्तर्गत बालबालिकाको स्वास्थ्य अबस्थाबारे जानकारी लिने तथा उनीहरुको स्वास्थ्य परिक्षण ,परामर्श तथा उपचार सेवा उपलब्ध रहेको छ । जागरुक अभिभावकहरुकालागि बालबालिकाको बिकास तथा उनीहरुको स्वास्थ्य अवस्थाबारे बिशेषज्ञ चिकित्सकहरुसँग जानकारी लिन यो सेवा उपयोगि रहेको छ । यस अन्तर्गत बिशेषगरी बालबालिकाको उमेरको आधारमा पोषण र शारिरीक बिकासको परिक्षण गरी परामर्श तथा उपचार गरिन्छ ।

अस्पतालको बालमैत्री प्ले लाउन्ज (बालमैत्री खेलकुद स्थल) जो अस्पताल परिसर भित्र भवनको बायाँ भागमा , पेडियाट्रिक ओपिडिमा तथा पेडियाट्रिक बार्डमा रहेको छ जहाँ बिभिन्न खेल सामग्रिहरु सहितको सुबिधा सम्पन्न बालमैत्री खेलकुद सामग्रिको समेत ब्यबस्था छ ।

बालबालिकाहरु डाक्टरको प्रतिक्षाको समयमा बिभिन्न खेल सामग्रिहरुसँग रमाएर बिताउन सक्छन् जसले उनीहरुको अस्पताल बसाइ सहज र बालमैत्री हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्