Logo

नेपाल मेडिसिटी अस्पताल र राउण्ड टेबलबीच सम्झौता



काठमाडौं, २७ असार । राउण्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबिच सेवा आदान–प्रदानको सम्झौता भएको छ ।

राउण्ड टेबल नेपालको केन्दि«य कार्यालय रहेको काठमाडौंको टेकुमा नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र राउण्ड टेबल नेपालका अध्यक्ष जयन्त अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेर मेडिसिटी र राउण्ड टेबलबीच सहकार्य गर्ने सम्झौता भएको हो ।

राष्ट्रको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहनेमा विशेष विश्वास गर्ने राउण्ड टेबल नेपाल र स्वदेशमै सम्पूर्ण उपचार सम्भव रहेकोमा विश्वास गर्ने नेपाल मेडिसिटीबीच बुधबार सम्झौता भएको हो ।

देशका विभिन्न स्थानको प्रतिनिधित्व गर्दै ४५० भन्दा बढि यूवा एवं पुरुष सदस्य रहेको राउण्ड टेबल नेपालका सदस्य र सदस्यका परिवारलाई सम्झौतापश्चात् नेपाल मेडिसिटीले १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । समाजिक सेवा गर्र्दै आएको राउण्ड टेबल नेपालका अभियानमा स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल तयार रहेको छ ।

ललितपुरमा रहेको नैपालकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने सुविधासम्पन्न अस्पतालले देशैभरका नागरिकसम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेकोमा यस सम्झौताले विशेष भूमिका खेल्ने विश्वास असपतालका महाप्रबन्धक रिमालले व्यक्त गरे ।

सम्झौतापश्चात् राउण्ड टेबल नेपालका अध्यक्ष अग्रवालले उपत्यका बाहिर रहेका मानिसहरुलाई पनि अन्तराष्ट्रिय स्वास्थ्य सेवा प्रदान गराउन आफुलेपनि साथ दिने विश्वास दिलाएका थिए ।



प्रतिक्रिया दिनुहोस्