Logo

सरकारबाट सहयोग नपाएको युवा वैज्ञानिक थापाको गुनासो



काठमाण्डौ, २८ असार : नेपालका यूवा वैज्ञानिक राजकुमार थापाले न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको अन्तराष्ट्रिय स्तरमा मान्यता पाउँदापनि नेपाल सरकारबाट सहयोग नभएको गुनासो पोखेका छन् ।

बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सरकारको तर्फबाट आफ्नो अभियानप्रति चासो नरहेको गुनासो पोखे । उनले करिब दूई बर्ष पहिले रिपोर्टर्स क्लबमै आएर पत्रकार सम्मेलन गरि न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको दाबी गरेका थिए । तर नेपाल सरकार तथा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले यसप्रति चासो नलिएको सुनाए ।

थापाले न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको र सही नियमको प्रतिपादन गरे । उनका अनुसार ‘‘कुनै दुई वस्तु सम्पर्कमा रहदा दिने क्रिया र प्रतिक्रिया वस्तुको संरचना र अवस्थामा भर पर्दछ ।’’

उनको यो सिद्धान्तलाई अष्ट्रियाको एक सम्मेलनमा स्विकार भएको र नेपाललाई चिनाउन सफल भएको अवस्थामा नेपालको तर्फबाट भने अलिकति पनि सहयोग नपाएको थापाले बताए ।

युवा वैज्ञानिक थापाले भने,‘मेरो यो अभियानलाई अन्तराष्ट्रिय जगतले सहयोग गरेको छ । तर मैले नेपाल सरकार समक्ष सहयोगको लागि ढोका ढकढकाउदा पति वेवस्ता गर्यो । मेरो यो गूनासो शिक्षा मन्त्रि समक्ष पनि पुगेको छ तर कोष नभएर विषय दिन नसकेको भनेर सहयोग पाईन्, एकदमै दुख लागेको छ ।’

थापाले अघि थपे,‘मैले करिब दूई वर्ष अघिदेखि अनुसन्धान जारी राखेको थिएँ र पहँुच भएको मान्छेको सहयोग भएन र पूर्ण रुपमा सफल भएन । र घरबाट बसेर मिडियाको सहयोग लिनुपर्यो ।’

नेपाल सरकारको यदि सहयोग भएको खण्डमा उनले नयाँ सिद्धान्तको पनि प्रतिपादन गर्ने बताए । यसैक्रममा प्रकाशको माध्यमबाट रोग निको पार्ने सिद्धान्त ल्याउन खोजेको बताउदै यसको निम्ति सरकार लगायत विभिन्न व्यक्ति तथा संस्थासमक्ष सहयोगको अपिल गरेका छन् ।

यसैक्रममा राज कुमार थापाका सहयोगि मोहन विकले देशको विकासका लागिपरेका यस्ता व्यतिmलाई सरकारले सहयोगको वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले भने,‘नेपाललाई नयाँ मोड र सिद्धान्त दिने यस्तो सिर्जनशिललाई सरकारले सहयोग गर्नुपर्छ, अनिमात्र विश्वमा चिनाउन सक्छ ।

त्यसैगरी राष्ट्रवादि विद्यार्थी संघका सचिव अनिल थारुले सरकारको सहयोगको अभावले वैज्ञानिक विद्यार्थीहरु भविष्य नभएर विदेसिनुपर्ने वातावरण भएको बताए । यसको लागि सरकारलाई दबाब दिन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्