Logo

काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्न पाउनुपर्छ : मधेशी चिकित्सक संघ



‘डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले पहल गर्नुपर्छ’
काठमाण्डौ, २८ असार । मधेशी चिकित्सक संघले चिकित्सा स्वास्थ्य क्षेत्रको सुधारका लागि वर्षौदेखि आन्दोलनरत डा. गोबिन्द केसीको अनशनप्रति सर्मथन जनाएको छ ।

बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले डा. केसीको जीवन रक्षाको निम्ति अपिल गरेको हो । संघका प्रवक्ता डा. विनय पञ्जियारले माथेमा आयोगको सुझाव प्रतिवेदनमाथि अहिले आएर प्रश्न चिन्ह खडा भैसकेको बताउँदै उक्त प्रतिवेदनलाई पूनरावलोकन गरिनुपर्ने माग गरे ।

उनले भने,‘सरकारले अब उपत्यकाभन्दा बाहिर मेडिकल कलेज खोल्ने बाटो खोलिदिनुपर्छ, यसमा अनशनरत डाक्टर केसीले पनि विरोध गर्नुहुँदैन, कि त सरकारले आफ्नै लगानीमा सुपर स्पेसियालिटीसहितका अस्पताल खोलिदिनुपर्छ, नेपाल मेडिकल काउन्सिल र विश्वविद्यालयहरुको मापदण्ड पूरा गरेका मेडिकल कलेजहरुलाई ढिलो नगरी सम्बन्धन दिनुपर्छ ।’

डाक्टर केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गैरहेको बताउँदै उनले केसीको जीवन रक्षाको लागि सरकारले गम्भिर र छिटो कदम चाल्नुपर्ने माग गरे ।



प्रतिक्रिया दिनुहोस्