Logo

नेपाल मेडिसिटी अस्पताल र फोर सिजनबीच सम्झौता



काठमाडौं, २८ असार । मेडिकल टुरिजम् विकासको लक्ष्यसहित नेपाल मेडिसिटी अस्पताल र फोर सिजनबीच सम्झौता भएको छ ।

नेपाल मेडिसिटी अस्पताल र फोर सिजनबिच आज (बिहीबार) सेवा आदान–प्रदानबारे सम्झौता भएको छ । खासगरि, पर्यटन प्रवद्र्धनमा विशेष भूमिका खेल्दै आएको फोर सिजनले हेलिप्याडसहितको अन्तराष्ट्रिय सुविधासम्पन्न अस्पतालमा पर्यटकहरुको उपचार गर्ने सम्झौता भएको छ ।

नेपालका विभिन्न स्थानमा पर्यटकमा रुपमा अवलोकन गर्ने स्वदेशी तथा विदेशीहरुको उपचारका लागि नेपाल मेडिसिटलिले उपचार सेवा र आपतकालिन् अवस्थामा सहयोग गर्ने बताएको छ । अस्पतालका महाप्रबन्धक विजय रिमाल र फोर सिजनका निर्देशक पंकज प्रधानाङ्गले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

अत्याधुनिक प्रविधि तथा उपकरणसहितको अस्पतालले सहकार्य गर्न पाएकोमा फोर सिजनका निर्देशकले खुशी व्यक्त गरेका छन् ।

त्यस्तै देशैभरका नागरिकसम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको अस्पतालले यस सम्झौतामार्फत सहुलियत सेवासहित स्वास्थ्य क्षेत्रमा विशेष भूमिका खेल्ने विश्वास मेडिसिटीका महाप्रबन्धक विजय रिमालले राखका थिए ।



प्रतिक्रिया दिनुहोस्