Logo

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी विमानस्थलबाटै पक्राउ



काठमाडौँ, ३० असार । शुक्रवार राति स्वदेश फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई विमानस्थलबाटै पक्राउ गरिएको छ।

अबुधाबीबाट लहोर विमानस्थलमा ओर्लिएका शरिफ र उनकी छोरीलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याशनल एकाउन्टिबिलिटी एनएबी का अधिकारीहरूले हिरासतमा लिएका हुन्।उनले कार चढेर जान अस्वीकार गरेका थिए।

त्यसपछि उनलाई र उनकी छोरीलाई विमानमार्फत रावलपिण्डीस्थित अडियाला जेल पुर्‍याइएको थियो। सरकारी वकिलहरूले शरिफ र मरियमलाई अदालतमा उपस्थित नगराइकन जेल पठाउन पाउने आदेश लिएका थिए।

शरिफलाई अहिले अडियाला जेलमै राखिने छ भने स्वास्थ्य परीक्षण र अरू औपचारिकतापछि मरियमलाई इस्लामाबादस्थित प्रहरी प्रतिष्ठान लगिने छ। मरियमका लागि त्यहीँ बस्ने व्यवस्था गरिने अधिकारीहरूले बताएका छन्।

लहोरमा शरीफका समर्थक र सुरक्षाकर्मीबीच झडप भएका विवरण प्राप्त भएका छन्। अबुधाबीबाट पाकिस्तानका लागि प्रस्थान गर्नुअघि संचारमाध्यमसंग कुरा गर्दै शरिफले राजनीतिक पूर्वग्रह राखी सत्तापक्षले आफूलाई फसाएको आरोप लगाए।

यो पनि पढ्नुहोस

पाकिस्तानका पुर्वप्रधानमन्त्री शरिफलाई दश बर्ष जेल सजाय

कसले र किन गरायो ७० जनाको ज्यान लिनेगरि पाकिस्तानमा बम आक्रमण ?

गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री खतरामुक्त, लाहोरमा उच्च सुरक्षा सतर्कता

सरकारले व्यापक धरपकड गरिरहेको आरोप लगाउँदै उनले आसन्न आमनिर्वाचन विश्वसनीय हुन नसक्ने दावी समेत गरे।

मुख्य घटनाक्रम


  • भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा जुलाइ ६ मा पूर्वप्रधानमन्त्री शरिफलाई १० वर्ष र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो।
  • अदालतले सजाय सुनाउने बेला शरिफ आफ्नी श्रीमतीको उपचारको सिलसिलामा लण्डनमा थिए। शुक्रवार राति उनी स्वदेश फर्केका हुन्।
  • शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग(नवाजले उनको स्वागतका लागि ठूलो संख्यामा विमानस्थल पुग्न अपील गरेको थियो। विमानस्थल पुगेका कैयौँलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुँदैछ।बीबीसी


प्रतिक्रिया दिनुहोस्