Logo

प्रचण्डबाट भरतपुर महानगरपालिकाकाे रिङरोडकाे शिलान्यास



चितवन , ३० असार । पूर्वप्धानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेको रिङ रोड र विभिन्न लिङक रोडहरूको शुक्रबार शिलान्यास शिलान्यास गर्नुभएकाे छ ।

रोडको एक कार्यक्रमका बिच पुर्व प्रधानमन्त्री, नेकपाका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर ३ का सांसद पुष्पकमल दाहाल प्रचण्डले रिबन काटेर शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पुर्व प्रधानमन्त्री प्रचण्डले रिङरोड र लिङ्करोड चितवन विकासको कडी भएको उल्लेख गर्नुभयो । रिङरोड र लिङ्करोडको विनियोजन भएको २ अर्ब बजेट पनि अघिल्लो सरकारकै पालामा विनियोजन भएको जानकारी दिनुभयो । बजेटले चितवनलाई सम्बोधन नसकेपनि चितवन केन्द्र भागमा रहेकाले विभिन्न परियोजना मार्फत सम्बोधन हुदै जाने उल्लेख गर्नुभयो । चितवनमा धेरै सम्भावना रहेकाले देशको आवश्यकता अनुसार पुर्वधार विकास हुने उहाँको भनाई छ ।

रिङ रोड अन्र्तगत भरतपुर २२ घौलाघारी र भरतपुर ३ पुलचोक गरि दुई स्थानबाट निर्माण कार्य प्रारम्भ हुनेछ । भरतपुर महानगरपालिका भित्र रिङ रोडका लागि ९५ किलोमिटर कालोपत्रे गरिने छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख कुमार प्रसाद घिमिरेका अनुसार रिङ रोडको कालो पत्रेको चौडाई ७ मिटरको हुनेछ । रिङ रोड निर्माणका लागि पुरानो बाटोहरुलाई नै समावेश गरिएको भए पनि त्यस बाहेक ८ किलोमिटर नयाँ स्थानबाट बाटो विस्तार हुनेछ । २ बर्ष भित्र निर्माण सम्पन्न गरि सक्नुपर्ने सम्झौता छ ।

लिङ्करोड र रिङ्रोडको केही अंशको रुपमा निर्माण हुन गइरहेका सडकहरुको काम तोकिएको समयमा नै पूरा हुने बताउनुहुन्छ । प्याकेज नम्बर एक र प्याकेज नम्बर दुईको योजना विवरण अनुसार कालोपत्रे सडक र ढल निर्माणको काम अगाडि बढाइने उहाँले बताउनुभयो ।

सडक निर्माणका लागि दुई वटा प्याकेज बनाएर काम सुरु गरिएको छ । भरतपुर महानगरपालिकामार्फत् सञ्चालन हुने दुई वटै प्याकेजका विकास निर्माणमा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनले परामर्शदाताको रुपमा काम गर्नेछ ।

सघन शहरी विकास कार्यक्रम अन्तर्गत कालेपत्रे सडक तथा ढल निर्माण कार्य प्याकेज नम्बर एक र दुईमा विभिन्न निर्माण कम्पनीसँग निर्माण सम्झौता भई काम सुरु भइसकेको छ । प्याकेज नम्बर एकको लागि कान्छाराम सन्तोषी डाँफे जेभीसँग ७७ करोड ८३ लाख ५८ हजार रुपैयाँको निर्माण सम्झौता भएको छ ।

यसैगरी प्याकेज नम्बर दुईको लागि रमन शिवशक्ति जेभीसँग ६८ करोड २३ लाख १५ हजार रुपैयाँको निर्माण सम्झौता भएको छ । ठेक्का सम्झौता मितिदेखि नै काम सुरु भइसकेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्