Logo

सरकार बदनाम हुँदै गएको छ, हाम्रो समर्थन फिर्ता हुन सक्छ : कर्ण



असार ३१, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने स्पष्ट पारेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कर्णले आशा गरिएअनुसार सरकारले काम नगरेपनि समर्थन भने कायमै राखिने बताएका हुन् ।

सम्बन्धित समाचार :

ओली सरकारको निर्णय सर्वोच्चले उल्ट्यायो, नियुक्ति बदर भएकालाई राहत

बाढीले बस्ती डुबानमा, सरकार बेखबर, जनता घरबारविहिन

रेल, पानी जहाज, जनता अनि अभाव र मृत्यु

प्रधानमन्त्री ओलीलाई चुनौतिको चाङ

अब दुःखका गित होइन, समृद्धिका प्रयासहरु…

जनताको चाहना एकातिर, प्रधानमन्त्री ओलीको सपना अर्कैतिर

पाँच वर्षका लागि समर्थन नगरिएको स्पष्ट पार्दै कर्णले आफूहरु सरकारलाई सफल पार्नका लागि प्रतिवद्ध रहेको बताए । तर सरकार आफ्नै कामले असफल हुन सक्नेप्रति कर्णले चिन्ता व्यक्त गरेका छन् ।

“हामी त सहयोग नै गर्छौँ । सफल होस् । तर सरकारको कुनै पनि काम सफलतातिर गएको देखिएको छैन ।” कर्णले भने ।

सरकार हरेक दिन बदनाम हुँदै गएको जिकिर गर्दै कर्णले अहिलेको सरकाले लोकतान्त्रिक पद्धतिलाई छाड्दै गएको आरोप लगाए ।

आफूहरुले अघि सारेका माग पूरा नभएसम्म सरकारमा सहभागि नहुने अडान कायमै रहेको कर्णले बताए । जनतासँग बाचा गरेका काम पूरा भएपछि मात्रै राजपा सरकारमा जाने बताउँदै कर्णले संविधान संशोधन र आन्दोलनमा सहभागि नेताहरुलाई लगाइएको झुटा मुद्धा फिर्ता हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्