काठमाडौं, ३१ असार । रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा हुने खेलमा फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन् । फाईनल खेलको प्रभाव नेपालमा पनि दहा«े परेको छ । प्रधानमन्त्री, विभिन्न पार्टीका नेताहरु र मन्त्रीहरु समेतले आज साँझ हुने विश्वकप फाईनल धुमधामसँग हेर्ने मनशाय बनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज हुने विश्वकप फुटबलको फाईनलमा फ्रान्सको समर्थन गर्ने भएका छन् । त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल भने क्रोशियाको समर्थक बनेका छन् ।
नेताहरुले आज हुने फाईनल खेल आ–आफ्नो निवासमा परिवारका सदस्यहरुसँग बसेर हेर्ने मनशाय बनाएका छन् । नेपालमा फाईनल खेल विभिन्न क्लबमा बसेर हेर्नेहरुको संख्या ठूलो छ ।
सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स तथा इङ्गल्याण्डलार्ई पाखा लगाउँदै क्रोएसिया फाइनलमा पुगेका हुन् । फ्रान्सले विश्वकप फुटबलको फाईनल खेल्न लागेको यो तेस्रो पटक हो । सन् १९९८ मा आफ्नै देशमा भएको विश्वकपको उपाधि जितेको फ्रान्स सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाईनलमा ईटालीसँग पराजित भएको थियो ।
उता क्रोएसिया पहिलो पटक फाईनलमा पुगेको हो । स्न १९९८ को विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदा क्रोएसिया तेस्रो भएको थियो ।
यसपटक उपाधि जित्दै ईतिहास रच्ने क्रोएसियाको लक्ष्य छ । आजको खेलमा फ्रान्सका लागि एन्टोनियो ग्रेजम्यान र किलियन एम्बाप्पे तथा क्रोएसियाका लागि लुका मोड्रिच र ईभान पेरिसिचको प्रदर्शन निर्णायक हुनेछ । फ्रान्स क्रोएसिया अहिलेसम्म ५ पटक आमने सामने भएका छन् ।
जसमा फ्रान्सले ३ खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएको छ । जारी विश्वकपमा दुबै टोली अहिलेसम्म अपराजित छन् ।
क्रोएसियाले फाइनलसम्म आईपुग्दा सबै ६ खेल जितेको छ भने फ्रान्सले ५ खेल जित्दै समुहको एक खेल बराबरी गरेको छ ।