Logo

अब मन्त्रालयको कामको ‘अनुगमनको पनि अनुगमन’



काठमाडौं, ३२ असार। सरकारले राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको अनुगमनका लागि प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाउने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरले राष्ट्रिय प्राथमिकताको आयोजनाको कामलाई तोकिएकै समयभित्र सम्पन्न हुनेगरी अनुगमनको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय संयन्त्र बनाउन लागिएको जानकारी दिए । संयन्त्र निर्माणका लागि नियमावली बन्दैछ ।

मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मन्त्रीकै नेतृत्वमा समितिको व्यवस्था गरिएको पनि उनले जानकारी दिए । सरकारले आगामी भदौदेखि सबै मन्त्रालयको कामको ‘अनुगमनको पनि अनुगमन’ गर्ने योजना पनि अघि सारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सबै मन्त्रालयले बनाएको कार्ययोजना अनुसार काम भए, नभएको अनुगमन गर्ने व्यवस्था गरिएको प्रवक्ता कुँवरको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्