Logo

ने.वि.संघमा पौडेल पक्षले ग¥यो विधान अधिवेशनको उद्घाटन



काठमाडौं, ३ साउन । लामो समयदेखि संस्थापन पक्षको अध्यक्ष नैनसिंह महरसँग असहमती राख्दै आएका पौडेल पक्षका विद्यार्थी नेताहरुले महाधिवेशनको घोषणा गरी नेपाल विद्यार्थी संघको उपाध्यक्ष नविन राईको नेतृत्वमा ने.वि.संघको विधानमाथि छलफल कार्यक्रम शुरुवात गरेको छ ।

आज राजधानीको प्रज्ञा प्रतिष्ठानमा बृहत्त विद्यार्थी भेलाकाबीच एक औपचारिक कार्यक्रमका साथ विधान अधिवेशनको उद्घाटन भएको हो । उक्त कार्यक्रममा बोल्नुहुँदै संयोजक नविन राईले अधिवेशनको विकल्प नरहेको कुरा प्रस्ट्याउँदै अध्यक्ष महर संगठन चलयामान भएको हेर्न नचाहने व्यक्ति भएको आरोप लगाउनुभयो ।

साथै, उहाँले अध्यक्ष महर जिम्मेवारीबाट पन्छिन खोजेपनि आफू पन्छिन नमिल्ने कुरा राख्दै आफू स्वयम्ले नेतृत्व गरी संगठनलाई अधिवेशन उन्मुख गराएको कुरा जानकारी गराउनुभयो ।

त्यसैगरि देशभर छरिएर रहेका विद्यार्थी साथीहरुलाई विधानमा गर्नुपर्ने सुधारको लागि सुझावको आह्वान पनि उक्त कार्यक्रममार्फत गर्नुभयो ।

उक्त भेलामा पौडेल र सिटौला पक्षका अधिकांश वर्तमान पदाधिकारीहरु प्रकाश राना, कुन्दनराज काफ्ले, रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, शिव रिमाल र पूर्व ने.वि.संघ केन्द्रिय सदस्यहरु दिपक भट्टराई, हिमालदत्त श्रेष्ठ, बलदेव तिमिल्सीना समेतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्