Logo

कांग्रेस सडकमा आओस न, के बिग्रिएको छ र ? : विष्णु पौडेल



काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको केही महिनामात्रै वितेको बताउँदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकारले अब द्रुत गतिमा काम गर्ने विश्वास दिलाएका छन् ।

बुधबार साँझ प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव पौडेलले यस्तो विश्वास दिलाएका हुन् । यो चार पाँच महिनाको छोटो अवधिमा पनि सरकारले ईतिहाँसमा स्मरण गर्न लायकका कामहरु गरेको उनको दाबी छ ।

ऋषि धमलाको साथमा जनता जान्न चाहन्छन ~ Prime Times Television

बिष्णु पौडेलले यसरी बचाऊ गरे सरकारको —-जनता जान्न चाहान्छन ऋषि धमलाको साथमा मात्र प्राइम टाइम्स टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनको फेसबुक लाइभमा ।जनता जान्न चाहान्छन ~ प्रतक्ष्य प्रसारणहाम्रो युटुब च्यानललाई सब्स्क्राइब गर्नुहोस: https://bit.ly/2KLSapTहाम्रो फेसबुक पेजलाई लाइक गर्नुहोस: https://bit.ly/2ISRWvhहामीलाई ट्वीटरमा फलो गर्नुहोस: https://twitter.com/primetimestvnepSubscribe Us On Youtube: https://bit.ly/2KLSapTLike Our Facebook Page: https://www.facebook.com/primetimestvnepalFollow us on twitter: https://twitter.com/primetimestvnep

Posted by Prime Times Television, Nepal on Thursday, 19 July 2018

उनले सुनाए,“पहिलो कुरो त नेपाल र भारतबीचको सम्बन्धमा जुन प्रकारको गतिरोधको अवस्था थियो, त्यो ठहराब र गतिरोधलाई सफलतापूर्वक गतिरोध अन्त्य गरेर दुई वटा छिमेकी राष्ट्रहरुबीचको सम्बन्ध सम्पूर्ण रुपमा समानता र पारस्परिक लाभको आधारमा मित्रतापूर्ण सम्बन्ध स्थापित गर्न सकिन्छ भन्ने अभ्यास भएको छ।”

यो बीचमा प्रधानमन्त्री ओलीको भारत भ्रमण भएको सुनाउँदै नेता पौडेलले भने,“भारत भ्रमणको उपलब्धिहरु नेपाल र भारतबीचको सम्बन्धले एउटा नयाँ कोशेढुंगाको रुपमा सहमतिहरु भएका छन्, दोस्रो कुरा यस बिचमा दुई देशको बीचको सम्बन्धमा भएका सहमति, सम्झौता, सन्धिलाई पूनरावोलकन गर्न प्रवुद्ध व्यक्ति समूह बनेको थियो, त्यो मेकानिज्मले एउटा संयुक्त प्रतिवेदन बुझाएको छ, त्यसले बुझाएको रिपोर्टले नेपाल र भारतबीचको सहमति र सम्झौताहरु समानताको रुपमा हुनुपर्छ भन्ने तहमा विज्ञ समूह पुगेको हामीले जानकारी पाएका छौं।”

भारतलगत्तै प्रधानमन्त्री ओलीको चीन भ्रमण भएको प्रसँग कोट्याउँदै उनले चीनको समृद्धि र विकासबाट नेपालले पनि लाभ लिनसक्नेगरि धेरै महत्वपूर्ण सन्धि तथा सम्झौताहरु भएको पौडेलले सुनाए ।

सहमति हुनुमात्रै ठूलो कुरा त होईन नि भनेर पत्रकार ऋषि धमलाले सोधेको प्रश्नमा उनले भने,“त्यही गाहा«े काम गर्न यो सरकार आएको हो, तपाईले जे सम्भव छैन भन्नुभएको छ, हो ती असम्भव कामहरु सम्पन्न गर्दै देशलाई समृद्धितर्फ लैजाने हो, त्यो काम यो सरकारले गरिरहेको छ।” गाहा«े काम हो भन्दै भागेर नहिँड्ने उनको विश्वास छ ।

रेल, पानीजहाज आउँदैन भन्नेहरुलाई जवाफ दिँदै नेता पौडेलले भने,“पानीजहाज आउँदैन भन्नेहरु भन्दै गर्छन, तर पानीजहाज ल्याउनेबारे कार्यदल बनेर काम गर्नेहरु काममा लागिरहन्छन्, भन्नेहरुलाई त छुट छ, त्यसैको लागि त हामीले लोकतन्त्र ल्याएको हो नि।”

उसो भए चीनबाट नेपाल रेल आउँछ त ? भनेर धमलाले तेर्साएको अर्को प्रश्नमा उनले भने,“हेर्दै जानुहोस न्, केही वर्षको अन्तरालमा रेल आउँछ, पहिला कहाँबाट आउँछ वा तिथिमिति सोध्नतिर अहिले तपाई नलाग्नुहोस्, तर रेल चीन र भारत दुवैबाट आउँछ।”

प्रधानमन्त्री ओलीलाई आलोचना गर्न सुरु गरियो नि भन्ने प्रसंगमा भने नेता पौडेलले भीन्न जवाफ दिए । उनले थपे,“कांग्रेसले आफ्नो असफलताको स्मरण गर्यो हो, उसलाई राम्रोसँग के थाहा छ भने सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान सरकार चाहीँ असफल होईन यो सफल सरकार हो, प्रभावकारी ढंगले खासमा मुद्दा केन्द्रित भएर जनता र राष्ट्रका सरोकारका विषयहरुलाई प्राथमिकिकरण गरेर यो अगाडि बढेको छ, र यो गन्तब्य ताकेर अगाडि बढेको छ भन्ने कुरा नेपाली कांग्रेसलाई राम्रोसँग थाहा छ, त्यसकारणले यो सरकारले प्राप्त गरेका उपलब्धिहरु, यसले गर्न चाहेका कामहरुबाट तर्सिएर कांग्रेसले आफ्नै असफलताका सम्झना गर्दै अहिले चर्चा गरिरहेको हो।”

कांग्रेस सडक संघर्षमा जानु भनेको त्यो उसको स्वतन्त्रता र छुटको विषय भएको पनि उनको प्रतिक्रिया छ । उनले भने,“कांग्रेस सडकमा आओस् न, के बिग्रिएको छ र ? कांग्रेसले विरोध गर्ने वा नगर्ने भन्ने विषय महत्वपूर्ण होईन, जनताले के भन्छन भन्ने कुरा मुख्य हो, सरकारले के काम गर्छ र त्यसको प्रभाव र परिणाम के हुन्छ ? त्यसलाई जनताले कसरी मुल्यांकन गर्छन हो यो कुरा मुख्य हो, लोकतन्त्रमा निर्णायक शक्ति जनता हुन्, जनताको मुल्यांकन नै निर्णायक हुन्छन्।”

अनशनरत डाक्टर गोविन्द केसीको माग पूरा गर्न सरकार तयार रहेको सुनाएपनि उनले सरकारले केसीलाई जुम्लाबाट अपहरणको शैलीमा काठमाडौं नल्याएको दाबी गरे ।

उनले भने,“हिजोमात्रै डाक्टर केसीको उपचारमा संलग्न डाक्टरहरुले उहाँको स्वास्थ्यको बारेमा जुन प्रकारको वक्तव्य जारी गर्नुभयो, त्यो स्टेटमेन्टले के बताउँथ्यो भने उहाँलाई सिसियूमा राख्नुपर्ने अवस्था छ, उहाँको स्वास्थ्य अवस्था अत्यन्तै जटिल छ, कर्णालीमा सिसियू सेवा उपलब्ध छैन, र उहाँको स्वास्थ्य कुनैपनि बेला जोखिममा पर्न सक्छ भने उपचारमा संलग्न डाक्टरहरुले जारी गरेको रिपोर्ट थियो, त्यस्तो अवस्थामा सरकारले उहाँको जीवन रक्षालाई प्राथमिकता दिएको हो, यो विषय सर्वाधिक महत्वपाूर्ण बन्यो, सरकार यस्तो अवस्थामा मुकदर्शक भएर बस्छ त ? सरकारले उहाँलाई छिटोभन्दा छिटो कर्णालीबाट सघन उपचार गर्न सम्भव भएको ठाउँमा ल्याउन सरकार गएको हो।”
एकतारि डाक्टर केसीको उपचारमा जुम्लामा संभव छैन भन्ने र अर्कोतर्फ केसीलाई उपचारको लगि काठमाडौं जान दिन्नौं भनिएको भन्दै नेता

पौडेलले प्रश्न गरे,“यो भन्ने खोजेको हो ? र गर्न खोजेको के ?, कहाँ गएर उपचार गर्ने भन्ने वा तय गर्ने अधिकार डाक्टर केसीलाई छ कि त्यो जुलुश निकाल्नेहरुलाई छ ?”



प्रतिक्रिया दिनुहोस्