Logo

टर्कीः असफल ‘कू’ पश्चात लगाइएको संकटकाल हटाउदै



काठमाडौँ, ४ साउन । टर्कीको सरकारी सञ्चारमाध्यमले दुई वर्षअघि भएको असफल ‘कू’ पश्चात लगाइएको संकटकाल सरकारले हटाउन लागेको जनाएका छन्।

त्यतिबेला कुनै सुनुवाई बिना नै राष्ट्रपति रेजेप तय्यीप एर्दोआनको आदेशमा दशौँहजार मानिसहरू पक्राउ परेका थिए। त्यसरी पक्राउ पर्नेमा सेना, प्रहरी, निजामति कर्मचारी, पत्रकार र शिक्षकहरू थिए।

हजारौँलाई जागिरहरू निलम्बन गरिएको थियो र त्यसमा थुप्रै न्यायाधीशहरू पनि परेका थिए। एमनेस्टि इन्टरनेशनलले देशमा मानवअधिकारलाई नै कुण्ठित बनाएको संकटकाल हटाउँदैमा मात्रै त्यसले राजनीतिक उतारचढावलाई साम्य नगर्ने जनाएको छ।

यो महिनाको सुरुमा राष्ट्रपति एर्दोआनले नयाँ पाँच वर्षे कार्यकालका लागि थप शक्तिसहित शपथ लिएका छन्। चुनावी अभियानका बेला, विपक्षी उम्मेद्वारहरूले यदि आफूले चुनाव जिते पहिलो काम देशबाट संकटकाल हटाउने बताएका थिए।

संकटकाल लागु भएयता १ लाख ७ हजार भन्दा बढी मानिसलाई सरकारी सेवाबाट हटाइएको थियो। सरकारी र गैरसरकारी संस्थाको तथ्याङ्क अनुसार ५० हजार भन्दा बढी मानिसहरूलाई सुनुवाई जारी रहँदा नै जेलमा हालिएको थियो।

जित्लान् एर्दोआनले दोस्रोपटक चुनावती मध्ये धेरै निर्वासनमा रहेका इस्लामिक धर्मगुरु फेतुल्लाह गुलेनका समर्थक रहेको आरोप लगाइएको छ। गुलेन एर्दोआनका पूर्व साझेदार हुन् र उनी अमेरिकामा बस्छन्।

टर्कीले गुलेन र उनका समर्थकले दुई वर्ष अघिको असफल कु गरेको आरोप लगाएको छ तर गुलेनले भने त्यसलाई अस्वीकार गर्छन्। सन् २०१६ मा भएको असफल कु प्रयासमा संसदमा सैन्य विमानले बम खसालेको थियो।

त्यसमा दुईसय ५० भन्दा बढीको ज्यान गएको थियो।बीबीसी



प्रतिक्रिया दिनुहोस्