Logo

कम्युनिष्ट सरकारविरुद्ध अर्को कम्युनिष्ट पार्टीको यस्तो विज्ञप्ति, के भने मोहनविक्रमले ?



साउन ४, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले अनशनरत डा. गोविन्द केसीमाथि धरपकड गरेको भन्दै अर्को कम्युनिष्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले आपत्ति प्रकट गरेको छ ।

मसालका महासचिव मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षासम्बन्धी माग राखेर अनशनरत डा. गोविन्द केसी र उनका समर्थकमाथि बिहीबार जुम्लामा गरिएको धरपकडको निन्दा गरेका हुन् ।

सम्बन्धित समाचार :

गणतन्त्र विरोधी शक्तिहरुले गोविन्द केसीलाई अघि सारेर राजनीतिक गरे : शर्मा

प्रधानमन्त्रीले दलीय स्वार्थका कारण गोविन्द केसीमाथि दमन गरे : कोइराला

केसीलाई काठमाण्डौ ल्याउने ओलीको अस्त्र सफल, प्रचण्डले किन मुख खोलेनन् ?

डा. केसीको जीवन तलमाथि भए कांग्रेसले जिम्मेवारी लिनुपर्छ : बडाल

डा. केसी सास फेर्न नसकेर आत्तिन थाले, बेलाबेलामा बर्बराउने समस्या

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

देशभरका चिकित्सकहरु हड्तालमा, नेकपाका डाक्टर भने केसीको विरुद्धमा

चिकित्सकको हडतालले सेवा प्रभावित, विरामीका आफन्त आक्रोषित(भिडियो)

डा. केसी रुँदै जुम्लाबाट काठमाण्डौ आउँदै, पत्रकारलाई प्रहरीको धम्की

बलप्रयोगबाट नभई वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न समेत सरकारसँग माग गरिएको छ ।

डा. केसीको जीवनरक्षासहित उनको न्यायपूर्ण मागहरूलाई स्वीकार नगरेर सरकारले गलत बाटो समातेको मसालको ठहर छ ।

“डा. केसीको जीवनरक्षा गर्नु अहिलेको अत्यन्त महत्वपूर्ण कार्य हो । तर उनको जीवनरक्षा त्यस प्रकारको जर्बजस्ती कारवाही गरेर होइन, न्यायपूर्ण मागहरूलाई स्वीकारेर गर्नुपर्दथ्यो र पर्दछ पनि ।’’ मसालका महासचिव सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ओली सरकारको सिफारिसमा गत वैशाख १३ गते जारी गरेको अध्यादेशबाट विमुख भई नयाँ विधेयक प्रस्तुत गर्दा अहिलेको परिणाम आएको भन्दै मसालले माथेमा आयोगको प्रतिवेदन र स्वयं आफ्नै सिफारिसमा जारी अध्यादेश अनुरूप विधेयक संसदमा प्रस्तुत गर्न सरकारसँग माग गरेको छ ।

मसालले केसीका माग व्यक्तिगत नभएर जनताका भएकाले माथेमा प्रतिवेदनअनुसार यसको समाधान खोज्न सुझाब दिएको छ ।



प्रतिक्रिया दिनुहोस्