Logo

राजपाका नेतालाई ओलीले भने,-संविधान संशोधनको मुद्दा पुरानो भयो, विकासको एजेण्डा ल्याउनुस्



साउन ४, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता र प्रधानमन्त्री केपी ओलीबीच हिजो साँझ भेटवार्ता भएको छ ।

राजपाका नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेर तराईको बाढी, दुईबर्ष अघिको आन्दोलनमा घाइतेको अवस्था र मुद्दा, तराईको विकास, मधेस र थारु आन्दोलनको छानबिनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान ससोधनका बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित समाचार :

संविधान संशोधन गर्न प्रधानमन्त्री ओलीलाई दवाव

‘संविधान संशोधन नभएसम्म सरकारमा जाने नैतिक आधार बन्दैन ‘

संविधान संशोधन गरेपछि सरकारमा सहभागि हुन्छौँ : कर्ण

तर ओलीले भने तराईको समग्र विकासका बृहत योजना बनाउन राजपा नेताहरुलाई प्रस्ताव गरे । संविधान संशोधन, मधेस र थारु आन्दोलनको छानबिनका लागि बनेको आयोगको प्रतिवेदन जस्ता विषय अहिलेको समयमा असान्दर्भिक भएको भन्दै ओलीले अब विकास र समृद्धिको एजेण्डामा केन्द्रित हुन राजपाका नेताहरुलाई सुझाब दिए ।

तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि बृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीले तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने बताए ।

भेटका अवसरमा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रधानमन्त्री ओलीले ज्ञापन पत्र हेरेपछि राजपाले पहिला उठाएका कतिपय माग असान्दर्भिक भइसकेको प्रतिक्रिया दिएका थिए । संविधान संसोधनका बारेमा नेताहरुले राखेको जिज्ञासमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन हुने ओलीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्