Logo

कम्युनिष्ट सरकार गलत बाटोमा हिड्यो : पूर्व राज्यमन्त्री रज्जाक



बीपीको सिद्धान्त अनुसार चल्न नसक्दा कांग्रेस यो अबस्थामा पुग्यो

बुटवल, , ४ साउन । पूर्व खानेपानी राज्यमन्त्री अब्दुल रज्जाकले ओली नेतृत्वको सरकार समाजबाद भन्दै उल्टोबाटोमा हिडेको टीप्पणी गरेका छन् । जनताको भाबना र मर्म बिपरित अघि बढेको सरकारको पछिल्ला गतिबिधि दुखदायी भएको भन्दै गलत रबैयाले सरकारले आफ्नै आयु घटाएको जिकिर गरे ।

रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा बिपी स्मृति दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व सांसद तथा कांग्रेस रुपन्देहीका सभापति समेत रहेका उनले बिपिको नीति सिद्धान्त निकै राम्रो र सान्दिर्भिक रहेको चर्चा गरे । जनताको इच्छा र उत्तरदायि हुने नेताको रुपमा उहालाइ स्मरण गर्दै रञ्जाकले मुलुकमा लोकतन्त्र स्थापित गर्न पनि बिपिकै योगदान रहेको बताए । ‘अहिलेको सरकार जनउत्तरदायि बन्न सकेन ,नारा समृद्धि, ब्यबहार निरंकुश देखियो’ उनले भने ।जनता आर्थिक रुपमा समृद्धि हुनुपर्ने र सरकारले कर थोपर्ने मात्रै काम गरेको भन्दै बिरोध जनाए ।

बीपीको सिद्धान्त अनुसार कांग्रेस चल्न सकेन

प्रदेशसभा ५ सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले बीपीको सिद्धान्त अनुसार कांग्रेस चल्न नसकेको बताएका छन् । ‘अहिलेका नेताले आफु नै बोलेको ठिक भन्ने तर अरुको कुनै बिचार नै नलिने,नसुन्ने गर्छन् त्यो गलत हो’ ।

बिपिका सहयात्री समेत रहेका पोखरेलले भने-‘ बीपीले पहिलो देश, दोश्राे प्रजातन्त्र र तेश्राें कांग्रेसलाई महत्व दिनुुहुन्थ्यो ,म मरेर केहि हुन्न देश रहनुपर्यो भन्नुहुन्थ्यो ,यस्तो भाबना अहिले कुनै नेतामा छ उनको प्रश्न छ ।’

बिपिको राष्ट्रिय मेलमिलापको सिद्धान्त सान्दर्भिक रहेको उनको भनाइ छ । भारतमा रहदा बिपि र पुष्पलालको दैनिक भेट हुने गरेको आफुले नै देखेको बताए । ‘आर्थिक नीति तिम्रो ,प्रजातान्त्रिक राजनीति मेरो भनेर बिपिले पुष्पलाललाइ सम्झाउनुहुन्थ्यो ,अहिले बिपीलाइ लान्छना लगाउनु गलत हो ।’ पोखरेलले सुनाए । बीपीको देहान्त हुदा निकै दुखद क्षण रहेको बताउदै पोखरेलले बिपीसंगै भारतमा बस्ने क्षण सबैभन्दा रमाइलो लागेको बताए ।

प्रदेशसभा ५ सदस्य भोजप्रसाद श्रेष्ठले बीपीलाइ एक कुशल राष्ट्रभक्त नेताको रुपमा चिन्नुपर्ने भन्दै उनले इतिहास साक्षी रहेको प्रष्ट पारे । राष्ट्र एकताको लागि उनीबाट पाठ सिक्नुपर्ने बताए । तत्कालित कांग्रेस राजासंग र राणा दिल्लीसंग नजिक हुदा मोहनसम्शेर पुन राजा बनेको उनले स्मरण गरे ।

‘समाजबादी धारको कांग्रेस किन कमजोर भयो ,अहिलेको परिबर्तन बिपीको सपना पनि हो’ श्रेष्ठले भने । कांग्रेस यसबाट बिचलन भएको छ,अहिलेको सत्तापक्षले पनि बिपिको राष्ट्रीयता र प्रजातन्त्रको रक्षा गर्न सिक्नुपर्ने बताए । संघीयता बलियो बनाउन राष्ट्रबादी सबै एकजुट बन्नुपर्ने उनको धारणा छ ।

बुटवल बहुमुखी क्याम्पसका सह प्राध्यापक डा सुरेन्द्र गिरिले बामपन्थीले गहन अध्ययनबिना बिपीलाइ देश बेच्यो भनेर आरोप लगाएको स्मरण गर्दैै उनले २०३३ सालमा बिपीले मेलमिलापको नारा लिएर देश आएको बताए । राष्ट्रयता,समाजबादमा उनको ठूलो योगदान छ । लागु गर्न नसक्दा कांग्रेस पछि परेको हो ।बिपीका सिद्धान्त अहिलेको सरकारले पनि लागु गरेमा राम्रो हुने बताए ।

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले आफुलाई पहिले बामपन्थी भएकाले बिपिको बारेमा स्कुलीङ नै तीतो शब्दमा गरिएको बताए । उनले आफुलाइ बिपी बिदेशी दलाल भनेर पढाइएपनि २०३६ सालमा प्रत्यक्ष भेट्दा उनी राष्ट्रबादी भएको पाएको बताए । उनको सिद्धान्त अहिलेपनि सान्दर्भिक रहेको उल्लेख गर्दै पढेको र ब्यबहार निकै फरक पाएको उल्लेख गरे । उनले राष्ट्रबादी बिपी पछिसम्म बांचेको भए देशको मुहार फेरिने बताए । तर उनको समाजबादको रुप बिकसीत हुन नसकेको गुनासो गरे । बिपी निकै सरल र बिशाल रुप भएकोले उनका बिचार सबैले अंगिकार गर्नुपर्ने धारणा राखे ।

सिद्धार्थ गौतमबुद्ध क्याम्पसका क्याम्पस प्रमुख बाबुराम पाण्डेले बिपी अन्तरनिहित पात्र हुन् । उनी दल बिशेषका नेता मात्रै नभएको बताए । उनी महामानब हुन् । ‘जनताको अधिकार स्थापित गर्ने एकमात्र महामानव बिपि नै थिए ,नेपालको राजनीतिको मियो नै उनी हुन् । ’समाजबाद उन्मुख राज्य प्रणाली निर्माणमा संबिधान र राज्यले गरेको भूमिका बिपि कै देन भएको प्रष्ट पारे ।

अहिलेको सरकारले ब्यबहारमा समाजबादको बाटो बिराएको बताए । उनले बिपिको बैचारिक,साहित्यिक हिसाबले अद्धितिय योगदान रहेको बताए । कार्यक्रम क्लवका प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्