Logo

बैदेशिक रोजगार विभाग ताहाचलमा ऐन विपरित कर्मचारी बस्दै आएको खुलासा



काठमाठौं, ७ साउन । बैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा पहुँचका आधारमा कर्मचारीहरु कार्यरत रहेको कुरा खुलासा भएको छ ।

रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा प्रकाश भट्टराईले यस्तो खुलासा गरेका हुन । उनले भने,‘निजामति कर्मचारी ऐन अन्तरगत कर्मचारीको काजको अवधि तीन महिनामात्रै भएपनि विभागमा भने पाँच वर्षदेखि बस्दै आएका छन्, दुई वर्षसम्म बस्नुपर्ने कर्मचारी, दुईवर्ष नपुग्दै सरुवा गरिएको छ, दुईवर्ष भन्दा बढि बस्न नपाउने कर्मचारीलाई विभागमा पाँच वर्षदेखि काम गर्दै आएका छन् ।’

उनले अघि थपे,‘शाखा अधिकृत रामचन्द शिवाकोटी, दुर्गा पौडेल, रमन खड्का, छत्र शाह, गणेश श्रेष्ठलगायत कर्मचारीहरु कामको समयसिमा नाघेर पनि पहुँचका आधारमा विभागमै बसेका छन् ।’

बैदेशिक रोजगार विभाग ताहाचलमै नायब सुब्बाका कर्मचारी अग्निप्रसाद पराजुली पनि काजमै बसेर काम गरिरहेको बुझिएको छ ।
निजामति सेवा ऐन दपा १८ को (क) का अनुसार एकवर्षमा तीन महिनाभन्दा बढि एउटै कार्यलयमा बस्न नपाउने व्यबस्था भएपनि विभागमा सोर्सफोर्स, भनसुन र राजनीतिक पहुँचको आधारमा केही कर्मचारीहरुले अनिश्चितकालिन् काज बोकेर बसेको पाईएको छ ।



प्रतिक्रिया दिनुहोस्