Logo

ओलीको निरंकुशताविरुद्ध लड्ने महामन्त्री कोइरालाको चेतावनी



काठमाडौं, ९ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरंकुशताविरुद्ध लड्ने चेतावनी दिएका छन् ।

विपी स्मृति दिवसको अवसर पारेर बुधबार कामा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले कडा चेतावनी दिएका हुन् ।

उनले सरकारले पञ्चायतकालीन शैलीमा तरुण दलका नेता, कार्यकर्तामाथि केही दिन अघि आक्रमण गरेको स्मरण गराउँदै आक्रोश पनि व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्