साउन ९, काठमाण्डौ । डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोलीबिच सहमती हुन नसकेपछि वार्ता बुधबार पनि बिना निष्कर्ष टुंगिएको छ । डा. केसी पक्षका वार्ता टोलीका संयोजक डाक्टर अभिषेकराज सिंहका अनुसार सरकारी पक्षका टोलीहरु बिना गृहकार्य वार्तामा आएपछि टुङ्गोमा पुग्न नसकिएको हो ।
सरकारी वार्ता टोलीका संयोजनक खगराज बरालले केसी पक्षले राखेका केही बुँदाहरुमा संसदको प्रक्रियाबाट विधेयक संशोधन गर्न सकिने जानकारी दिएको बताए ।
सम्बन्धित समाचार :
डा. गोविन्द केसी र सरकार पक्षबीचको वार्ता असफल हुनुको कारण यस्तो छ
सरकार र डाक्टर केसीबीचको वार्ता भाँडियो, अब के हुन्छ ?
सरकारी वार्ता टोली रित्तो हात वार्तामा आएको केसी पक्षको आरोप(भिडियोसहित)
सरकारसँग परामर्श गरेर मात्रै आफूहरु वार्तामा बस्न सकिने भएकाले सोही अनुसार वार्तामा प्रस्तुत भएको बरालले बताए ।
“हामीले विहानभरी सरकरासँग परामर्श गरेर वार्तामा बसेका हौँ । सरकारले दिएको म्यान्डेट हामीले प्रयोग गरेका हौँ । संसदीय प्रक्रियाबाट संशोधन वा परिमार्जन गर्न सरकार तयार छ ।” बरालले भने ।
चिकित्सा शिक्षा विधेयक संसदमा गइसकेपछि सरकारले संसदबाटै छलफल गर्ने जानकारी केसी पक्षलाई दिएको तर उनीहरु नमानेको बरालको जिकिर छ ।
अब अपसि छलफल गरेर एक दुई दिनभित्रै केसी पक्षलाई पुनः वार्तामा बोलाउँने बरालले बताए ।
“हिजो सकारात्मक रुपमा वार्ता अगाडि बढेको थियो, तर आज अवरोध भयो । हामीले उहाँहरुको २२ वुँदा पनि छलफल गरेका हौँ । २२ वटा मध्ये १ नम्बको बुँदामा मात्रै छलफल भयो ।” बरालले भने ।