Logo

भैरुङधर्चे भोटेको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त



काठमाडौँ, ९ साउन : संखुवासभा जिल्ला भोटखोला गाउँपालिका–२ निवासी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं तत्कालीन जिल्ला विकास समितिका सभापति भैरुङधर्चे भोटेको ७३ वर्षका उमेरमा आज बिहान १०ः४५ बजे भेनस अस्पताल बानेश्वरमा मृत्यु भएको छ ।

काठमाडौँमा उपचारका क्रममा असामयिक निधन हुन भएकामा काँग्रेसले दुःख प्रकट गर्दै उहाँको निधनबाट पार्टीलाई क्षति पुगेको जनाइएको छ ।

नेता भोटेले लोकतन्त्र पुनःस्थापना र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।  (रासस)



प्रतिक्रिया दिनुहोस्