साउन १०, काठमाडौं । नेपाल विद्यार्थी संघको प्रविधिक विद्यार्थी परिषद (फोट्स)को अध्यक्षमा सुवास घिमिरे चयन भएका छन् ।
लामो समयदेखि रिक्त रहेको परिषदमा नेविसंघका नेता समेत रहेका घिमिरेलाई नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
घिमिरे लामो समयदेखि नेविसंघको राजनीति सक्रिय छन् ।