Logo

गर्गाचार्यले सम्पन्न गरे कतारमा वास्तु परामर्श कार्यक्रम



साउन १०, कतार । अहिलेका प्रसिद्ध वास्तुविज्ञ एवम् ज्योतिष श्याम बाबु आचार्य (गर्गाचार्य) को उपस्थितीमा दैनिक जीवनमा वास्तुले पार्ने प्रभाव, समस्या समाधान विषयमा कतारमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

गर्गाचार्यको सहभागितामा वास्तुशास्त्र तथा योग सत्संग कार्यक्रम कतारस्थित नेपाली दुतावासमा साउन ४ गते अर्थात जुलाई २० तारिखका दिन विशेष कार्यक्रम भएको हो ।

कार्यक्रमको आयोजक संस्कार नेपाल दोहा कतार रहेको थियो । गर्गाचार्यको परामर्श निकै प्रभावकारी भएकाले उनीहरुकै निमन्त्रणामा गर्गाचार्यले कतार पुगेर कार्यक्रम गरेका हुन् ।

श्याम बाबु आचार्य गर्गाचार्य अन्तराष्ट्रियस्तरमा ख्यातिप्राप्त र सफल वास्तुविज्ञ भएकाले उनको माग विश्वभरी भइरहेको छ ।

गर्गाचार्यले कार्यक्रममा वास्तुको असर, प्रयोग र मानव जीवनमा हुने परिवर्तनका विषयमा विशेष परामर्श दिएका थिए ।

त्यसैगरी घर कस्तो ठाँउमा बनाउने, बनाइसकेपछि कसरी डेकोरेशन गर्ने, घरको प्रयोग कसरी गर्ने लगायतका विषयमा वास्तुविज्ञ गर्गाचार्यले उपस्थित सबैलाई परामर्श दिएका थिए ।

जरो र किलो नेपालमा भऐको अन्तर्राष्ट्रिय शक्ति दोहा कतारको आयोजनामा दोहास्थित स्वागत रेष्टुरेण्टमा साउन ४ गते गर्गाचार्यले वस्तुसम्बन्धी विशेष परामर्श दिएका हुन् । ्

सोही दिन जरो र किलो नेपालमा भएको अन्तराष्ट्रिय शक्ति कतारको आयोजनामा दोहास्थित स्वागत रेष्टुरेण्टमा अर्को वास्तु परामर्श कार्यक्रम पनि भएको थियो ।
दुई वटा पूर्व निर्धारित औपचारिक कार्यक्रमपछि पनि गर्गाचार्यले अरु विभिन्न कार्यक्रम वास्तु परामर्श दिएका छन् ।

कार्यक्रममा त्यहाँ रहेका नेपालीहरुको पनि उल्लेख्य सहभागिता थियो । कार्यक्रमपछि गर्गाचार्यले भनेका छन्, “मैले जानेको केही ज्ञान र अनुभवहरु उहाँहरु समक्ष राख्ने मौका पाएँ । उहाँहरुको पिडामा केही मलम लगाउन सफल भएको महशुस मैले गरेको छु ।”

वास्तु पारमर्श प्रदान कार्यलाई पुर्णता दिन सारथीको रुपमा कार्य गर्ने जरोकिलो महाअभियान र सन्स्कार नेपालसहित हरेक तह र तप्काबाट सफल पार्न साथ र सहयोग गर्नुहुने सबैलाई उनले धन्यवाद दिएका छन् ।

“कतारका लागि राजदुत महामहिम रमेश कोइराला, अर्जुन शर्मा, राजन लोहनी, नवल सर लगायत सम्पुर्ण टिमलाइ हृदयदेखी धन्यबाद दिन चाहन्छु ।” गर्गाचार्यले भने ।

यसअघि गर्गाचार्यले फिनल्याण्ड र भारतको सिक्किमा पनि विशिष्ट व्यक्तिहरुको सहभागितामा वास्तुज्ञान सम्बन्धी विशेष कार्यक्रम र परामर्श गरेका थिए ।

अब कतारको कार्यक्रम सकेपछि अष्ट्रेलिया लगायत ५ वटा देशमा गर्गाचार्यको कार्यक्रम तय भइसकेको छ ।

गर्गाचार्यले वास्तु विज्ञान क्षेत्रमा विज्ञको हैसियतले काम गरेको १२ वर्ष भइसकेको छ । त्यसैले पछिल्लो समय उनको माग विश्वभर भइरहेको छ ।

गर्गाचार्यले कान्तिपुर टेलिभिजनमा दैनिक रुपमा वास्तुमन्थन कार्यक्रम प्रशारण गर्दै आएका छन् । यसका साथै उनले वास्तु, पंचाङ्ग, साइत लगायतका विषय समेटेर पात्रो (PAATRO)नामको एप्स ल्याएका छन् ।

सम्बन्धित समाचार :

नेपाली वास्तु विश्व बजारमा फैलिदै, गर्गाचार्यले कतारमा विशेष कार्यक्रम गर्ने



प्रतिक्रिया दिनुहोस्