काठमाडौं, १० साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा आफ्ना पार्टीले अवरोध नगर्ने स्पष्ट पारेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले आफूहरुले विगत केही दिन अघिदेखि अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गराउन दबाब दिन संसद अवरुद्ध गरिरहेकोले आजै सरकार र केसी पक्षबीच सहमति हुने भएकोले भोलि बस्ने संसद बैठकमा कुनै अवरोध नहुने जनाए ।