Logo

दिपकराज जोशी प्रधानन्यायाधीशका लागि अयोग्य : सुमनराज प्याकुरेल



साउन १४, काठमाण्डौ । संसदीय सुनुवाई समितिका सदस्य सुनमराज प्याकुरेल प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशी अहिलेको संविधानअनुसार प्रधानन्यायाधीशका लागि अयोग्य रहेको दाबी गरेका छन् ।

टेलिभिनज कार्यक्रम जनता जान्न चाहन्छनमा ऋषि धमलासँग कुरा गर्दै प्याकुरेलले आवश्यक प्रक्रियाअनुसार जोशीलाई प्रधानन्यायाधीशका लागि अस्विकृत गरिने संकेत दिए ।

समितिमा सत्तापक्षाीय दलका सदस्यको बहुमतको भएकाले बहुमतकै आधारमा भए पनि जोशीलाई अस्विकृत गरिने संकेत प्याकुरेलले गरेका हुन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले बहिस्कारको चेतावनी दिएपछि संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशबारे सोमबार कुनै निर्णय गर्न सकेको थिएन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु सोमबार दीपकराज जोशीलाई प्रधानन्यायाधीश सिफारिस नगर्ने निर्णयमा पुगेका थिए । त्यसको सुइँको पाएपछि सुनुवाइ समितिमा रहेका कांग्रेस सांसदहरुले बैठक बहिस्कारको चेतावनी दिएपछि आज हुने भनिएको निर्णय स्थगित भएको हो ।

प्याकुरेलले जोशी विवादमा आइसकेकाले अब बस्ने समितिको बैठकले उनलाई अस्विकृत गर्ने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्