Logo

मेडिसिटी अस्पतालमा तीन दिवसीय ब्रेष्ट तथा एसोफेगस सम्मेलनको उद्घाटन (फोटोफिचर)



काठमाडौं, १४ साउन । “उपचार, पुनस्र्थापना र भविष्यका आधारहरु” मूल नारा सहित सोमबार ललितपुरमा अवस्थित नेपाल मेडिसिटी अस्पतालमा ३ दिवसीय ब्रेष्ट तथा एसोफेगस सम्मेलनको उद्घाटन भएको छ ।

अमेरिकास्थित् विश्वप्रशिद्ध येल न्यु हेभन हस्पिटल र नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको क्यान्सर रोग सम्बन्धमा विश्वस्तरीय सम्मेलनको आयोजना गरेका हुन् । उक्त सम्मेलनको आज एक समारोहबीच उद्घाटन भएको छ ।

यस विशेष समारोहमा नेपालभरिबाट करिब २ सय भन्दा बढी क्यान्सर रोग विशेषज्ञ, शल्यचिकित्सक, फिजिसियन, रेडियोलोजिष्टहरुको उपस्थिति रहेको थियो ।

अमेरिकाबाट डा. डिकरम्यान होलिस्टरको नेतृत्वमा ग्रीनविच र एल न्यु हेभेन अस्पतालका डा.बार्बरा वार्ड, डा. बेरी बौइड्, डा. अस्वथा नारायण, डा. पउल वेटर्स, र डा. एल्सा रास्किन जस्ता विशेषज्ञ टोलीहरुको सम्मेलनमा सहभागिता रहेको छ ।

सम्मेलनमा खासगरी स्तन क्यान्सर रोगका चरणहरु, रेडियोलोजी सेवा, शल्यक्रिया, किमोथेरापी, दुखाई व्यवस्थापनलगायत शल्यक्रिया एवं उपचारबारे बृहत् छलफल एव्म अन्र्तक्रिया ३ दिनसम्म चल्ने मेडिसिटी अस्पतालले जनाएको छ ।

स्तन क्यान्सर र खानेनलीको क्यान्सरका जटिल शल्यक्रियाको नेपाल मेडिसिटी अस्पतालको अपरेशन थिएटरदेखि सम्मेलन स्थलमा प्रत्यक्ष प्रशारण समेत गरिएको छ जुन सम्मेलनको एक आकर्षण समेत बनेको छ ।

यस सम्मेलन सर्जिकल, मेडिकल, रेडिएसन क्यान्सर विशेषज्ञ र क्यान्सरसंग सम्बन्धित अन्य सबै विशेषज्ञका लागि फलदायी रहने अपेक्षा राखिएको छ । विभिन्न विधाका क्यान्सर उपचार सेवाबारे अनुभव एवं ज्ञान आदान प्रदान गरिने यस सम्मेलन बुधबारसम्म सञ्चालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्