काठमाडौं, १६ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबार निर्णय लिन बसेको संसदीय सुनुवाई विशेष समितिको बैठक दुई दिन सार्ने तयारी भएको छ ।
सिंहदरबारमा आज बसेको बैठकमा अहिलेसम्म प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे कुनै निर्णय हुन नसकेपछि समितिका संयोजक लक्ष्मणलाल कर्णले बैठक अझै दुई दिन सार्नेगरि प्रस्ताव गर्ने बुझिएको छ ।