Logo

बाढीको वितण्डा : दाङमा यात्रुसहितको बस बगायो, काठमाण्डौका सयौँ घर डुबानमा



साउन २१, काठमाण्डौ । हिजोदेखि परेको अबिरल वर्षाका कारण काठमाडौं, ललितपुर र भक्तपुर, दाङ, नेपालगञ्ज लगायतका ठाउँमा बाढीको प्रकोप देखिएको छ ।
काठमाण्डौको शान्तिनगर, बानेश्वर, बल्खु, टेकुका सुकुम्बासी बस्ती डुबानले बढी प्रभावित भएका छन् ।

शान्तिनगरका १५–२० घर डुबानमा परेपछि सो क्षेत्रमा विपत व्यवस्थापनको टोली परिचालन गरिएको छ ।

त्यसैगरी बल्खुको सुकुम्बारी बस्तीमा दुई–तीन घर डुबेका र पाँच–छ घर जोखिममा परेका छन् । भैंसेपाटीको सपिङ सेन्टर पनि डुबानमा परेको छ ।

बिगमार्ट सपिङ सेन्टरमा पनि पानी पसेको हो । स्

ललितपुरको गोदावरी खोला किनारका केही क्षेत्र पनि डुबानको खतरा रहेकाले सतर्कता अपनाइएको छ ।

बाग्मती–खोकना बाढी केन्द्रमा पानीको बहाव सतर्कता तहभन्दा माथि छ र यो बढ्दो क्रममा छ ।

यसैगरी काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोवीखोला, विष्णुमती लगायतमा पनि पानीको बहाव बढ्दो क्रममा छ ।

उता दाङको ग्वारखोलामा आएको बाढीले यात्रुबाहक बस नै बगाएको छ । बाढीमा बस बग्दा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

आइतबार साँझ कैलालीको धनगढीबाट तुलसीपुर आउँदै गरेको ना ४ ख ८१३६ नम्बरको बस खोलामा बगेको हो ।

त्यसैगरी घोराही–तुलसीपुर–लमही सडकखण्डमा पर्ने ठूला खोलाहरुमा निर्माणाधीन पुल अलपत्र हुँदा आवतजावतमा कठिनाइ भएको छ ।

अविरल वर्षाका कारण बाँकेको नेपालगञ्ज पनि डुबानमा परेको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित आसपासका क्षेत्र जलमग्न हुँदा स्थानीयको जनजीवन अस्तव्यस्त भएको छ ।

सम्बन्धित समाचार : 

लगातार पानी परेपछि भक्तपुरमा उच्च सतर्कता, हवाई उडान रोकियो



प्रतिक्रिया दिनुहोस्