Logo

एन प्याब्सनको लोकनृत्य प्रतियोगिता सम्पन्न, प्राक्सिस इन्टरनेशनल एकेडेमी पहिलो



साउन ३१, काठमाण्डौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन), काठमाडौँको ‘जिल्लास्तरीय अन्तर–विद्यालय लोकनृत्य प्रतियोगिता’ श्रावण २९ गते मंगलबार सम्पन्न भएको छ ।

राष्ट्रिय नाचघर, जमलमा गरिएको प्रतियोगितामा ५३ विद्यालय सहभागि थिए । प्रतियोगितामा चुच्चेपाटिस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीले उपाधि चुमेको छ ।

यस्तै बेस्ट ग्रुप भिजन स्कुल दोश्रो, दिब्य ज्ञान स्कुल तेश्रो, बिपुल शिक्षा निकेतन चौथो, बिद्या सदन स्कुल पाँचौ, ए.भि.एम. सेकेण्डरी स्कुल छैटौं, अर्किड पुपिल स्कुल सातौ, शारदा एकेडमी आठौं, फ्युचर स्टार इङलिस स्कुल नवौं र पिक प्वाइन्ट एकेडमीले दशौ स्थान हासिल गरेको छ ।

उत्कृष्ट नृत्य कलाकार छात्र तर्फ पायोनियर पब्लिक स्कुलका छात्र नेत्र मगर र उत्कृष्ट नृत्य कलाकार छात्रा तर्फ क्यारिना इन्टरनेशनल एकेडमीकी छात्रा रेजीना श्रेष्ठले पाएकी छिन् ।

उत्कृष्ट भेषभुषा तथा श्रीङ्गार र उत्कृष्ट मौलिकता विधाको उपाधि पनि प्राक्सिस इन्टरनेशनल एकेडेमीले प्राप्त गरेको छ भने उत्कृष्ट नृत्य निर्देशकको उपाधि प्राक्सिस इन्टरनेशनल एकेडमीका कोरियोग्राफर, बरिष्ठ नृत्य निर्देशक साने बहादुर रानाले पाएका छन् ।

प्रतियोगिताबाट प्रथम, द्धितीय र तृतीय हुने विजयी विद्यार्थी तथा स्कुललाई क्रमश १५ हजार, १२ हजार, १० हजार नगद सहित ट्रफी तथा प्रमाण–पत्र प्रदान गरिएको थियो । यस्तै चौथोदेखी दशौसम्मका विजयी विद्यालयहरुलाई प्रमाण–पत्र र ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताको निर्णायक भुमिकामा मिथिला शर्मा, महेश गोदार र श्रीहरि श्रेष्ठ रहेका थिए । कार्यक्रम सञ्चालन पूर्व मिस नेपाल सुगारिका केसीले गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्