Logo

स्थानीय सरकारले अधिकारको दुरुपयोग गरेर कर बढाए : महतो



साउन ३१, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले करको विवादले संघीयतालाई कुनै असर नपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै महतोले स्थानीय सरकारले बढाएको कर र करको दायरा संघीयताको कारणले नभएको तर्क गरे ।

संघीयताले जथाभावी कर लगाउने नीति नलिएको स्पष्ट पार्दै महतोले असन्तुष्टी व्यक्त गरे । “जथाभावी कर लगाएर जनतालाई पीडा दिने काम भएको छ । स्थानीय सरकारले अधिकारको दुरुपयोग गरेको हो ।” उनले भने ।

पछिल्लो समय स्थानीय सरकारले बढाएको कर जनताले थेग्नै नसक्ने महतोको तर्क छ । देशको अर्थतन्त्र जनताकै करबाट चल्ने भए पनि अनावश्यक शीर्षकमा कर उठाउनु जायज नभएको भन्दै तत्काल रोक्नुपर्ने महतोको विचार छ ।

“तुरुन्त रोक्नुपर्छ । कुन पनि निकायले नयाँ कर लिनुहुँदैन । पहिला व्यवस्थित गर्नुपर्छ । यसका लागि प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएर छलफल गराउनुपर्छ ।” महतोले भने ।



प्रतिक्रिया दिनुहोस्