Logo

नयाँ नियम पालना र कार्यान्वयनको विकल्प छैन, आवश्यकताअनुसार संशोधन गर्नुपर्छ : अध्यक्ष केसी



भदौ १, काठमाण्डौ । नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले १ सय ६५ वर्षपछि मुलुकी ऐन विस्थापित भएर फौजदारी संहिता र देवानी संहिता लागु हुनु स्वागतयोग्य भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले नयाँ कानुनआउनु सकारात्मक भए पनि सरोकारवालासँग छलफल नगरी कानुन बनाइनु गलत भएको बताए ।

विभिन्न क्षेत्रले नयाँ कानुनप्रति असन्तुष्टी व्यक्त गर्नु स्वभाविक भएका भन्दै उनले सबै पक्षलाई सन्तुष्ट बनाउने गरी संशोधनको आवश्यकता देखिएको बताए ।

“लागु हुनुअघि सरोकारवाला निकायले छलफल गर्ने मौका नै पाएनन् । कमी कमजोरी हुन सक्छ नि । अब संशोधनको माध्यमबाट थपघट गर्नुपर्छ ।” केसीले भने ।

नयाँ कानुनलाई कार्यान्वयन गर्नुको विकल्प नभएको भन्दै केसीले आवश्यकताअनुसार संशोधन गर्नुपर्ने कुरामा सरकार तयार हुनुपर्ने उनको भनाई छ ।

सम्बन्धित समाचार :



प्रतिक्रिया दिनुहोस्