Logo

नेपालमा राजनीतिक खतरा ! के भन्छन वौद्धिक समुदाय ?(भिडियो रिपोर्ट)



भदौ २, काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार अधिनायकवादी बाटोमा गएको आरोप लगाइरहेको छ । यता वौद्धिक समुदायले भने अधिनायकवाद असम्भव रहेको बताएका छन । तर दुई तिहाईको दम्भमा सरकार स्वेच्छचारी बने राजनीतिक अस्थिरता निम्तिने खतरा तर्फ भने उनीहरुले सचेत गराएका छन् ।

https://www.youtube.com/watch?v=IWZNcd2P4u0

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएदेखि नै विपक्षी दल नेपाली कांग्रेसले नेपालमा अधिनायकवाद आउने खतरा छ भनेर रटान लगाइ रह्यो । सरकारका केहि कृयाकलाप प्रति इंगित गर्दै उसले हामीले भनेको मिल्दै गएको छ, सरकार अधिनायकवादकै बाटो हिड्यो भनेर आलोचना गरिरहेको छ ।

तर कांग्रेसले आलोचना गरे जस्तो सरकार अधिनायकवाद तर्फ हिड्न नसक्ने र उसलाई त्यो बाटोमा हिड्न अन्तर्राष्ट्रिय परिवेशले पनि नदिने वौद्धिक समुहको भनाइ छ । सरकारले गरेका निर्णयमा चित्त बुझेन भन्दैमा अधिनायवादको खतरा छ भन्नु कांगे्रसको केटाकेटीपन भएको उनीहरुको तर्क छ ।

त्रिभुवन विश्व विद्यालयका अवकाश प्राप्त प्राध्यापक डाक्टर लोकराज बरालका शब्दमा सरकारले हरेक क्षेत्र नियन्त्रण गरेर आफुलाई कम्युनिष्ट सरकार भएको देखाउन खोजे पनि त्यो सफल हुँदैन । अन्र्तराष्ट्रिय परिवेशका कारण नेपालमा अधिनायकवाद आउने सम्भवना नरहेको उनको तर्क छ ।

डाक्टर गोविन्द केसी अनसरन प्रकरणदेखि विग्रदै गएको सत्ता र प्रमुख वीपक्षीदलको सम्बन्ध प्रस्तावीति सर्वोच्च अदालतका प्रधानन्यायधिस दीपकराज जोसीलाई सत्तापक्षले अस्वीकार गरेपछि चरम कटुतामा परिणत भयो । सरकार कर वृद्धी गर्दै जनताको ढाड सेक्ने निणर्य गर्न पछि परेन । यस्ता विभिन्न कारणले कांग्रेस सरकार विरुद्धको अर्को आक्रमण रणनीतिको तयारीमा छ ।

डा गोविन्द केसीले १५ औं अनसन सुरु गरेपछि विग्रिएको सत्ता पक्ष र विपक्षी दलबीचको सम्बन्ध प्रस्तावित प्रधानन्यायाधी दीपकराज जोशीलाई अस्विकृत गरेपछि झनै चिसिएको छ । देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति उल्टाउने निर्णय गरेपछि विपक्षी दल कांग्रेस झनै आक्रोशित बनेको छ । वौद्धिक समुहको बुझाइमा भने सरकारमा दुई तिहाइको दम्भ देखिएपनि त्यसलाई अधिनायकवाद नै भन्न मिल्दैन । संवैधानिक कानुनका ब्याख्याता डा. भिमार्जुन आचार्यको भनाइमा सरकारले सिमा नागेर काम गर्ने र प्रतिपक्षले ठीक ठाउँमा विरोध गर्ने परिपाटि नभएको समस्या देखिएको हो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा विद्यावारिधी गरेका राजनीतिक विष्लेशक डा.सुरेन्द्र केसीको बुझाईमा भने प्रधानमन्त्री केपी ओलीमा देखिएको दुईतिहाईको दम्भले राजनीतिक अस्थिरता निम्तिने खतरा देखिएको छ । प्रमुख विपक्षी दलको उपस्थिती नस्वीकार्ने तथा उसलाई सम्मान दिन नचाहने ओलीको कृयाकलापले मुलुकमा राजनीकि अस्थिरता बढने उनको तर्क छ ।

दुई तिहाई मतका साथ बनेको इतिहासकै बलियो सरकार भएपनि अधिनायकवादको बाटोमा जोखिम मोलेर हिड्ने सम्भावना अत्यन्त न्यून देखिन्छ । तर, दुइतिहाइको दम्भ देखाएर सरकार स्वेच्छचारी बन्दै गए प्रमुख प्रतिपक्ष दलसंग उसको टकराव निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्