Logo

नेपाल मेडिसिटी अस्पतालमा सिरहावासीलाई विशेष सहुलियत



ललितपुर, ५ भदौ । ललितपुरको भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा सिरहावासीलाई उपचारमा विशेष सहुलियत दिईने भएको छ ।

मंगलबार सिरहा समाज सेवाका अध्यक्ष विष्णु कुमार साह र अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।

सम्झौता अनुसार सिरहा समाज सेवासंग समन्वय गरि नेपाल मेडिसिटीमा उपचारका लागि आउने सिरहावासीले विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।

नेपालमै सम्पूर्ण उपचार सम्भव रहेको अवस्थामा विभिन्न स्थानमा फैलिएका नेपालीहरुलाई स्वदेशी अस्पतालको सेवासुविधामा सहभागी गराउने उद्देश्यमा यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने अस्पतालका महाप्रबन्धक रिमालले बताए ।

त्यस्तै सिरहा समाजका अध्यक्ष साहले नेपालकै सर्वोत्कृष्ट अस्पतालसंग समन्वय गर्न पाएकोमा खुशी व्यक्त गरे ।

सिरहावासीहरुले नेपाल मेडिसिटी अस्पतालको नगदरहित स्वास्थ्य विमा कार्यक्रममा सहभागी भई शुलभ उपचार प्राप्त गर्न सिरहा समाज सेवा वा नेपाल मेडिसिटीमा सम्पर्क राखि बिमा कार्यक्रममा आबद्ध हुनसक्ने सो अवसरमा जानकारी गराइएको छ ।



प्रतिक्रिया दिनुहोस्