भदौ ९, काठमाण्डौ । सत्तारुढ दल नेकपाको आकस्मिक सचिवालय बैठक अहिले बसीरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ ।
बैठकमा कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको र उनको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै जारी आन्दोलनको विषयमा छलफल भइरहेको छ ।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
शुक्रबार बोलाइएको बैठक केन्द्रीय कार्यसम्पादन समितिमा रहने सदस्यहरुको भागबण्डा नमिल्दा स्थगित भएको थियो ।
त्यसका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुबीच अबेरसम्म छलफल भए पनि सहमति नजुटेपछि स्थगित गरिएको थियो ।
सम्बन्धित समाचार :
कञ्चनपुरमा सरकारी सम्पत्ति जोगाउनका लागि प्रहरीले गोली हानेको हो : गृहमन्त्रालय
नेकपालाई कञ्चनपुर घटनाको तनाव, कांग्रेसलाई आन्तरिक भागबण्डाले सतायो
प्रधानमन्त्रीलाई पुष्पा भुसालको प्रश्न –महिला हिंसाविरुद्ध सडकमा उत्रिदा किन गोली प्रहार ?
सरकारलाई कांग्रेस प्रवक्ताको प्रश्न : काठमाडौमा संकल्प प्रस्ताव कंचनपुरमा गोलि ?
कञ्चनपुर घटनाले उग्ररूप लियो : आफ्नै क्षेत्रकी मन्त्री बीना विदेशमा, मेयरको घरमा आगजनी
निर्मला पन्त बलात्कार–हत्याविरुद्ध संसदमा हंगामा
सक्कली दोषी लुकाएर ‘पागल’ लाई अघि सारेपछि प्रहरी प्रशासन संकटमा
निर्मला पन्त हत्या प्रकरणलाई कांग्रेसले उचाल्यो : भीम रावल
निर्मला हत्या प्रकरण : वास्तविक अपराधी उम्किदैन, अनुसन्धान तलमाथि हुँदैन : एसपी कठायत
कञ्चनपुरको कफ्र्यू अझै हटेन, सर्वदलीय बैठक सुरु, सन्नी खुनालाई शहीद घोषणा गर्न माग