Logo

खड्गबहादुर प्रकाण्डलाई पक्राउ गरिएकोप्रति बाबुरामको आपत्ति (भिडियोसहित)



भदौ १०, काठमाण्डौ । नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले भदौ १ गतेबाट लागू भएको देवानी र अपराध संहितालाई युगको आवश्यकताअनुसार सच्याउने आँट गर्नुपर्ने बताएका छन्

आईतबारको प्रतिनिधीसभा बैठकमा बोल्दै उनले देवानी र अपराध संहितामा गम्भीर कमी–कमजोरी रहेकाले संशोधन गर्नुपर्ने बताएका हुन् । नागरिकता विधेयकमा महिलामाथि विभेद गरिएको प्रति आपत्ति जनाउँदै त्यसलाई संशोधन गरिनुपर्नेमा भट्टराईले जोड दिए ।
डाक्टर भट्टराईले दलित शब्दलाई परिवर्तन गर्नुपर्ने र कुनैपनि जनावरलाई नेपालको राष्ट्रिय जनावर बनाउनु नहुने पनि बताएका छन् । त्यस्तै उनले विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटकपटक पक्राउ गरेकोमा असन्तुष्टि जनाए ।

अदालतले छाड्न आदेश दिएपछि पनि प्रक्राउ गर्दा पञ्चालतकालको गन्ध आएको उनको तर्क थियो ।

त्यस्तै भट्टराईले विप्लव नेतृत्वको नेकपाललाई राजनीतिक व्यवहार गर्नुपर्नेमा जोड दिए । महिलाको अधिकार सुनिश्चितता नै लोकतन्त्रको मापक भएको भन्दै भट्टराईले मुलुकमा भइरहेका हिंसाका घटनाहरुको निन्दा पनि गरे । उनले ऐन–कानुन बनाउँदा नै दोषीलाई उन्मुक्ति दिने प्रकारको ऐन–कानुन निर्माण गरिन नहुनेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्