Logo

प्रधानमन्त्री ओलीले भने : आजबाट मेरो ध्यान बिम्स्टेकतर्फ



काठमाडौँ, ११ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि आफ्नो सम्पूर्ण ध्यान बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) तर्फ भएको बताएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरुसँगको छलफलमा ओलीले यस्तो बताएका हुन् । उनले आफू काठमाडौंमा भदौ १४ र १५ गते हुने (बिम्स्टेक) को चौथो शिखर सम्मेलनतर्फ आजबाट केन्द्रित हुने जनाएका थिए । बैठकको तयारीका लागि सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक भोलि काठमाडौँमा बस्दैछ ।

बैठकमा सहभागी हुन सदस्य राष्ट्रका परराष्ट्र÷विदेश मन्त्रालयका सचिव आज साँझसम्म नेपाल आइपुग्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वरिष्ठ अधिकारीहरुको यो १९ औँ बैठक हो । उहाँहरुको स्वागतमा मन्त्रालयका सचिव शङ्करदास बैरागीले आज साँझ रात्रिभोजको आयोजना गर्नेछन ।

उक्त कार्यक्रममा उनीहरुबीच मङ्गलबार बिहान बस्ने बैठकका बारेमा अनौंपचारिक छलफलसमेत हुनेछ । वरिष्ठ अधिकारीको बैठकमा शिखर सम्मेलनका सारभूत विषय, सिफारिस गर्ने विषयगत क्षेत्रगत र यस अघिका उपलब्धिको पुनरावलोकन तथा कार्यान्वयनको प्रगति समीक्षा सम्बन्धमा छलफल हुने मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्