Logo

नापीका कर्मचारी पक्राउ



धनुषा । नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव रु १५ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग गाउँपालिकाको जग्गा नापी हुँदा सच्याउनका लागि रु १५ हजार घुस मागेको भन्दै रङ्गे हात पक्राउ गरेको आयोग बर्दिवासका प्रमुख पुरुषोत्तम ढकालले बताएका छन ।



प्रतिक्रिया दिनुहोस्