भदौ २३, काठमाण्डौ । पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आज भारतका प्रधानमन्त्री नरेन्द मोदीसँग भेटबार्ता गर्दैछन् ।
भारत भ्रमणका लागि आफ्नो कुनै राजनीतिक एजेण्डा नरहेको दावी गरेका दाहालले आज मोदीलाई भेटेर नेपालको राजनीतिक अवस्था र भावी रणनीतिका बारेमा छलफल गर्न लागेकाहुन् ।
दाहाल र मोदीबीच मध्यान्ह साढे १२ बजेपछि प्रधानमन्त्री निवासमै भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।
भेटका क्रममा अध्यक्ष दाहाल ले नेपाल र भारतकाबीचका विभिन्न समयमा भएका सम्झौताहरुको कार्यान्वयनका बारेमा कुरा उठाउनेछन् ।
आजै दिउँसो साढे १ बजे दाहालको सम्मानमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले दिवाभोजको आयोजना गरेकी छिन् ।
बेलुका भने इन्डिया फाउन्डेसनद्वारा आयोजित विद्वत् समारोहलाई उनले सम्बोधन गर्ने बताईको छ ।
दुई दिन अगाडी भारत भ्रमणमा गएका दाहाल ले हिजो भारतीय गृह मन्त्री राजनाथ सिंहलाई भेटेका थिए ।
भारतबाट फर्किएको तीन दिनपछि दाहाल अर्को छिमेकी मुलुक चीनको भ्रमणमा जाने कार्यक्रम रहेको छ । उनी भारतबाट भोली फकिनेछन् ।