भदौ २३, काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटारमा आज ओली वंशको साधारण सभा तथा अभिनन्दन कार्यक्रमको आयोजना गरिएको छ । विहान साढे १० बजे ओली वंश अक्षय कोषले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उनका बुवा मोहनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीले मलाई अभिनन्दन गर्ने भए बालुवाटारमै आउनू भनेकाले त्यहीँ कार्यक्रम गर्न लागेको बताइएको छ ।
कार्यक्रममा चार पाँच सय जनाकोे भेला हुने, खाजाको पनि व्यवस्था गरिएको र कार्यक्रम झण्डै चार घण्टा चल्ने छ ।
पूर्वप्रशासक र नागरिक अगुवाले सरकारी ढुकुटीबाट खर्च हुने र गलत संस्कारको विकास हुने भएकाले यस्ता कार्यक्रममा बालुवाटारमा आयोजना गर्नु उचित नभएको तर्क गरेका छन् । प्रधानमन्त्री निवासमा हुन लागेको ओली बंशको कार्यक्रमको विषयमा सामाजिक सञ्जालहरुमा पनि चर्को आलोचना भएको छ ।
प्रधानमन्त्री निवासमा हुने यस्ता कार्यक्रमको खर्च एकमुष्ट बिल प्रधानमन्त्री निवासको बैठक खर्च शीर्षकमा प्रधानमन्त्री कार्यालयमा आउँने गरेको छ ।