Logo

गृहमन्त्री बादलले भने : अहिले मन्त्री फेरबदल हुँदैन, यो गलत हल्ला हो



काठमाडौं, २३ भदौ । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले अहिले मन्त्री फेरबदल नहुने स्पष्ट पारेका छन् । उनले भने,‘मन्त्री फेरबदल हुँदैछ भनेर सञ्चारमाध्यममा आएका समाचारमा सत्यता छैन । मन्त्रीहरुको फेरबदल हुनेबारे सरकारमा कुनै छलफल भएको छैन् ।’

प्रेस संगठन नेपालले गोरखा सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले यस्तो स्पष्ट पारेका हुन् । उनले भने,‘सिद्धान्त मन्त्री फेरिनै नहुने भन्ने होइन, थपिन सक्छन्, फेरबदल हुन सक्छन, तर अहिले त्यसको चर्चा छैन । तर यो शंका मात्रै त्यस्तो कुनै सम्भावना छैन ।’



प्रतिक्रिया दिनुहोस्