Logo

धमला पत्नी एलिजा अभिनित चलचित्र ‘अनुराग’ को चर्चा बलिउडमा पनि



काठमाडौं, २४ भदौ । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम अभिनित चलचित्र ‘अनुराग’ को चर्चा तथा परिचर्चा नेपालमा मात्रै नभएर विदेशमापनि सुरु हुन थालेको छ ।

नयाँ दिल्लीमा रहेका पत्रकार धमलासँगको कुराकानीमा बलिउडका चर्चित हस्तीहरुले अनुराग चलचित्रलाई हिन्दीमा पनि डबिङ गर्न सुझाएका थिए ।

भारत भ्रमणमा रहेका बेला नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि आफू अनुराग चलचित्र हेर्न आँतुर रहेको बताएका थिए ।

उनले भने,‘ऋषिजीले बनाएको चलचित्र, त्यसमापनि तपाईकै श्रीमतीले अभिनय गरेको चलचित्र भएकोले म हेर्न हलमै जान्छु । प्रिमियर हुने बेला मलाई खबर गर्नुहोस् ।’

प्रचण्डले मात्रै अनुरागको चर्चा गरेनन् । भारतीय उद्योग तथा वाणिज्यमन्त्री सुरेश प्रभुले पनि धमलाले चलचित्र बनाएको कुरा आफूले थाहा पाएको सुनाए ।

 

उनले धमलालाई नै सोधे,‘अनुराग कस्तो चलचित्र बन्यो ? ऋषि धमलाको चलचित्र हेर्न हामी पनि चाहन्र्छौं । बरु हिन्दीमा डबिङ गर्नुहोस् । यता भारतमा पनि चलाउनुपर्छ ।’

बलिउडका चर्चित नायक समेत रहेका भाजपाका नेता शत्रुधन सिन्हाले पनि धमलासँगको भेटमा आफूले अनुराग चलचित्र हेर्न चाहेको बताएका थिए । उनले थपे,‘म तपाईको चलचित्र हेर्छु ।’



प्रतिक्रिया दिनुहोस्