Logo

तरुण दल सभापतिको हत्यापछि रोल्पामा बबाल



भदौ २५, काठमाण्डौ । नेपाल तरुण दलले सोमबार रोल्पा जिल्ला बन्द आह्वान गरेको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरोधमा जिल्ला बन्द गरिएको हो ।

बन्दका कारण बिहानैदेखि रोल्पाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग बन्द भएका छन् । लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रु विचल्लीमा परेका छन् ।
पुनको आइतबार राति सुलिचौरमा गोली हानी हत्या भएको थियो । पूर्वमाओवादी कार्यकर्ताले पुनको हत्या गरेको तरुण दलले आरोप लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्