Logo

तारकेश्वर ज्योति फाउण्डेशनले गर्यो वालदिवस कार्यक्रम, ५ देखि १०४ वर्षकासम्मको जमघट



भदौ २९, काठमाण्डौ । आज राष्ट्रिय बाल दिवस देशैभर बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

‘सुखी नेपाली समृद्ध नेपाल’ बाल अधिकार सबैको सरोकार’ भन्ने मुल नाराका साथ दिवस मनाइएको हो । दिवसका दिन विभिन्न कार्यक्रम गरिए पनि बालबालिकाको हक हितका लागि प्रभावकारी कदम भने चाल्न सकिएको छैन ।

सुखी नेपाली समृद्द नेपालः बाल अधिकार सबैको सरोकार भन्ने नारासहित शुक्रबार बाल दिवस मनाइएको छ । दिवसका आवसरमा सरकारसहित विभिन्न संघ संस्थाले कार्यक्रम गरे । तारकेश्वर नगरपालिकास्थित तारकेश्वर ज्योति फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा आर्थिक रुपमा कमजोर बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो । तारकेश्वर बाल विकास समाज र समाज सेवा ग्रुपकोसमेत सहकार्यमा आयोजित कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नम्बर ८ को ११ वटा सरकारी विद्यालय र निजी क्षेत्रका १५ विद्यालयका विद्यार्थीलाई सहयोग वितरण गरिएको तारकेश्वर ज्योति फाउण्डेशनका अध्यक्ष नविन लामाले बताए ।

सरकारले बालबालिकालाई जति महत्व दिनुपर्ने हो त्यति नदिएको भन्दै लामाले दुखेसोसमेत व्यक्त गरे ।

दिवसका आवरमा सरकारले औपचारिक कार्यक्रम गर्ने गरेको भएन पनि त्यसको प्रभावकारीका नदेखिएको लामाले बताए ।

आफ्नै पहलमा फाउण्डेशनले गरेको कार्यक्रमले बालबालिका र वृद्धवृद्धामा उत्साह थपिएको लामाको दावी छ । फाउण्डेसनले बाल दिवसकै अवसरमा वृद्ध वृद्धाहरुलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा १०४ वर्षका वृद्ध गोपी पौडेललाई प्रमुख अतिथी बनाइएको थियो ।

देशैभरी स्थानीय तह गठन भएर जननिर्वाचित प्रतिनिधी आइसके पनि बालबालिकाको हितमा भने कार्यक्रम र योजना ल्याएको पाइदैन । बालबालिकाको हितका लागि हरेक बर्ष बाल दिवस मनाइदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन ।

काठमाडौंसहित देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्यांक छ । सडकमा रहेका र पहुँच नभएका बालबालिकाकको लागि हरेक वर्ष मनाइने बाल दिवस शव्द र नारमा मात्र सिमित भएको छ ।

बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । झण्डै नेपालको आधि जनसंख्या बालबालिका रहेकाले पनि बाल दिवस एउटा दिवसको रुपमा मात्र नभएर नयाँ दृष्टिकोण अपनाएर बाल अधिकारको प्रतिबद्धता पूरा गर्नु जरुरी देखिएको छ ।

नेपाल बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्