Logo

गण्डकीका मुख्यमन्त्रीले भने-निर्मलाका हत्यारालाई सरकारले लुकायो



भदौ ३०, काठमाण्डौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्मला हत्याकाण्डमा एक व्यक्तिलाई बचाउन राज्य नै लागेको आरोप लगाएका छन् ।

शुक्रबार पोखराको एक कार्यक्रममा बोल्दै उनले आफ्नो मान्छेलाई अपराधी नै भएपनि काखी च्याप्ने प्रवृत्तिले काम गरेको आरोप लगाएका हुन् । उनले प्रश्न गरे, ‘राज्य एउटा व्यक्तिलाई, आफ्नो मान्छेलाई बचाउन लाग्छ । यस्तो सिस्टम भयो मुलुकमा । सिस्टमले शासन गर्छ कि व्यक्तिले शासन गर्छ ?’

‘हामी त एउटै कुलको भनेपछि एउटै पार्टीको भनेपछि, झन् आफ्नै दाजुभाइ भनेपछि त हुरुक्कै हुन्छौं । अपराधी भएपनि बचाइरहन्छौं,’ उनले भने, ‘उ त्यो निर्मला हत्याबारेमा त्यहीं भएको होइन ? कसलाई बचाउनु र्पयाछ त्यहीं भएर घुमिफिरी रुम्जाटार जस्तो भइरहको छ ।’



प्रतिक्रिया दिनुहोस्